बिना मगरले के गरिन् यस्तो ? रंगियो सामाजिक सञ्जाल

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा कम्युनिस्ट सरकारका मन्त्री र उच्च कर्मचारीहरूले कमिशन नपाएका कारण ठेक्का रद्ध गरेको आरोप लागेको छ ।

सामाजिक सञ्जालमा मेलम्ची ठेकेदारसँग कमिशन नपाएको झोँकमा ठेक्का रद्ध गरेको आरोप लगाइएको छ । सरकारका उच्च अधिकारी र मन्त्रीहरूले नयाँ ठेकेदार नियुक्ति गरेर कमिशन खाने खेलमा लागेको आरोप लगाइएको छ ।

कम्युनिस्ट सरकारले मेलम्ची खानेपानी आयोजनालाई विभिन्न आरोप लगाउँदै भुक्तानी दिन रोकेको छ । त्यति मात्रै होइन बिहीबार पत्रकार सम्मेलन गरेर कम्युनिस्ट सरकारले ठेक्का रद्ध गर्दै नयाँ ठेकेदार नियुक्ति गर्ने निर्णय गरेको सुनाएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत वरिष्ठ पत्रकार विकास थापाले फेसबुकमा लेखेका छन्, ‘काम गरिरहेको मेलम्ची ठेकेदारलाई कमिशन नपाको झोंकमा भुक्तानी नदिइ ठेक्का रद्द गर्ने । नयाँ ठेकेदार नियुक्त गर्ने अनि कमिशन लुँड्याउने । यस्ता नालायकहरूबाट समृद्ध नेपाल र सुखी नेपाली ?’

यसअघि पनि खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले खानेपानी आयोजनाको काम गर्दै आएको ठेकेदारसँग पाँच करोड कमिशन मागेको समाचार बाहिर आएको थियो ।

नेपाल तरुण दलका अध्यक्ष जितसजंग बस्नेतले पनि बुटवलको विरोध सभालाई सम्बोधन गर्ने क्रममा मन्त्री मगरले पाँच करोड कमिशन नपाएपछि ठेकेदारलाई काम गर्न अवरोध गरिरहेको आरोप लगाएका थिए ।

खानेपानी मन्त्री बिना मगरले दशै अगाडि नै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने बताएकी थिइन् । तर, उनले काममा भन्दा पनि कमिशनमा आफूलाई केन्द्रित गरेका कारण मेलम्चीको पनि काठमाडौं उपत्यकामा झर्न अझै दुई वर्ष लाग्ने धेरैले बताउनु थालेका छन् ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी समेत रहेकी बिना मगरले काम गर्न नसक्दा पनि प्रधानमन्त्री खड्गप्रसाद ओलीले केही सकेका छैनन् ।

Published : Friday, 2019 February 8, 9:15 am

2 प्रतिकृया प्राप्त “बिना मगरले के गरिन् यस्तो ? रंगियो सामाजिक सञ्जाल”

  • यो पुरानै नियम हो देश बनाउने नारा लियर जाने अनि पहिले आफुले कुम्ल्याउने पौशा बितरन गर्ने सरकारी कागज मिलाउने औकात अनुशार खाने अनि ठेकेदार लाई दोश दिने पैशा जति मन्त्री र दलाल लाई दिय पछि कसरी काम हुन्छ योत पुरानै शैली हो नेताहरुको यसरी नेपाल बन्दैन ।

  • कमनिस्ट को गठ बन्धन टुक्रने डर मा अहिले को लुतिङ्खरे सरकार ले यति चरमसिमा मा भ्रष्टाचार भै रहदा पनि ई दुई अध्यक्ष तेइ चुप मै चुप छ भने यो सरकार का मन्त्री मण्डल घुस लिने दिने मा ब्यस्त छ !र नेपाल को अर्थतन्त्र धरासाय हुने खतरा बढेको छ ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया