गगनले हिम्मत देखाउँदा यी नेताहरू डरले खुट्टा कमाए

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था गर्न पार्टीको विधानमै राख्न दवाव परेको छ ।

सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहका जनाधार नभएका नेताहरू महासमिति बैठकमा गरिएको प्रतिबद्धताविपरीत स्वतः महाधिवेशन प्रतिनिधि बन्ने पक्षमा देखिएका छन् ।

केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, फरमुल्लाह मन्सुर र वीरबहादुर बलायर, रामकृष्ण यादव र कल्याण गुरुङले केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था राख्नुपर्ने लबिङमा लागेका छन् । उनीहरूलाई कांग्रेसभित्र जनाधार नभएका नेताहरूका रुपमा लिइन्छ ।

महासमिति बैठकमा पेस भएको विधानको मस्यौदामा उल्लेख रहेको केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्थालाई यसअघि केन्द्रीय कार्यसमितिले सर्वसम्मत पारित गरेकाले विधानमा त्यही व्यवस्था उल्लेख गर्नुपर्ने उनीहरूको भनाइ छ ।

यस्तो धारणा राख्नेमध्ये बलायर प्रदेश कोटामा केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । अन्य सबै आरक्षण कोटाबाट केन्द्रीय समितिमा प्रवेश पाएका नेता हुन् ।

बलबहादुर केसी र गुरुराज घिमिरेले बुथबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्थाको विरोधमा देखिएका छन् । चन्द्र भण्डारी, डा. नारायण खड्का र हृदयराम थानीले आफूहरूले नेताले जे निर्णय गर्छन् त्यो मान्न तयार रहेको भन्दै बच्न खोजेका छन् ।

महासमिति बैठक समापन समारोहमा सभापति देउवा र नेता पौडेलले जिल्ला सभापतिले उठाएको माग केन्द्रीय सदस्य तलैबाट निर्वा्चित भएर आउने व्यवस्था र समानुपातिक समावेशीलाई एकपटक मात्रै राख्ने व्यवस्था विधानमा राख्ने प्रतिबद्धता जनाएका थिए ।

नेता पौडेल, उपसभापति विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले तलैबाट निर्वाचित भएर आउने व्यवस्था विधानमा राख्न सकारात्मक रहेको बताएका थिए ।

डा. शेखर कोइराला र गगन थापाले भने सभापति र नेताले महासमिति बैठक समापन समारोहमा जनाएको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय सदस्य डा.कोइरालाले केन्द्रीय समितिमा रहेका सबै बुथबाटै आउनुपर्ने व्यवस्था राख्नुपर्ने बताए ।

Published : Friday, 2019 February 8, 9:29 am

1 प्रतिकृया प्राप्त “गगनले हिम्मत देखाउँदा यी नेताहरू डरले खुट्टा कमाए”

  • सबै बुथबाटै अाएकाे ठीक हुन्छ ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया