नेविसंघका नेताहरूलाई छाड्न बाध्य भयो कम्युनिस्ट सरकार

पोखरा । पोखरामा सरकारी गाडी जलाउने नेविसंघका नेताहरूलाई कास्की जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन् ।

सरकारी गाडी जलाएको आरोपमा अनुसन्धानका क्रममा हिरासतमा रहेका नेविसंघका ३ विद्यार्थीलाई साधारण तारेखमा छाड्न जिल्ला अदालतले शुक्रबार आदेश दिएको हो ।

नेविसंघ कार्यकर्ताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेल सरकारी गाडी जलाएको आरोपमा माघ १९ गते पक्राउ परेका थिए । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत माघ २४ गते अदालतमा मुद्दा दायर भएको थियो ।

शुक्रबार त्यसैको थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने काजीबहादुर राईको इजलासले आदेश दिएको हो ।
विद्यार्थीलाई २ देखि ५ वर्षसम्म जेल सजाय र ३० हजारदेखि ५० हजारसम्म जरिवाना माग दाबीसहित मुद्धा चलाइएको थियो ।

विद्यार्थीका तर्फबाट वरिष्ठ अधिवक्ता विश्व घिमिरे, अधिवक्ता विष्णु कुशल भुजेल, रामचन्द्र त्रिपाठी, फणीन्द्र कोइराला, रोहितराज बास्तोला, विष्णु मरासैनी, मुकुन्द अर्याल, जगन्नाथ ढकालले बहस गरेका थिए ।

महानगरपालिको बा १ झ ५८७९ नम्बरको गाडी जलाएको आरोपमा पक्राउ परेका ५ मध्ये २ जना पहिल्यै छुटेका थिए ।

Published : Saturday, 2019 February 9, 1:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया