गृहमन्त्रीका प्यारा प्रचण्डका पूर्वअंग रक्षक, एसपी-एसएसपीहरूको बढुवामा को–को परे ?

काठमाडौं । नेपाल प्रहरीले एसपी र एसएसपीहरूको बढुवाको सूची सार्वजनिक गरेको छ ।

प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ । हेडक्वाटरले २६ जना डिएसपीलाई एसपीमा बढुवामा सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा शनिबार राति गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालससहितको बैठकले १४ एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको छ ।

एसएसपी बढुवा हुनेहरूमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुवँर र भीम ढकाल रहेका छन् ।

२६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गरेको छ ।

बढुवा हुनेहरूमा रमेश बस्नेत, हीरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तिराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, विनोद सिलवाल, भीम दाहाल र रमेश थापा रहेका छन् ।

एसपीमा बढुवा हुने अन्यममा प्रकाश रानाभाट, विमल कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रञ्जु सिग्देल, अनुप शमशेर राणा, श्याम महतो, कृष्ण पङ्गेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर रहेका छन् ।

बढुवा हुने डिएसपीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वअंग रक्षक दानबहादुर मल्ल पनि परेका छन् ।

दरबारमार्ग प्रहरीका इन्चार्ज समेत रहेका मल्ललाई बढुवा गराउन खुमलटारले ठूलो दवाव दिएको उच्च स्रोतले जनाएको छ । प्रचण्डकै दवावमा दानबहादुर मल्ल कमाइको हिसावले आकर्षक मानिने दरबारमार्ग प्रहरी वृत्त लामो समयदेखि अड्डा जमाएर बसेका छन् ।

राजनीतिक पहुँचकै आधारमा मल्लले डिएसपीको सूचीबाट धेरै छिटो अवसर लिएको उनकै ब्याजी डिएसपीहरूको भनाइ छ ।

प्रहरीले खाली रहेको एकजना प्रहरी नायव महानिरीक्षकमा बढुवाको टुंगो लगाउन बाँकी छ ।

काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारीको स्थानमा प्रहरी प्रधान प्रधान कार्यालय एकजना एसएसपीलाई बढुवाको तयारी गरेको हो ।

Published : Sunday, 2019 February 10, 7:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया