कांग्रेसकी सांसद आलेद्वारा ओली–दाहालको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै गृहजिल्लामा मात्रै बजेट थुपारेको आरोप लगाएको छ ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै कांग्रेसकी सांसद बिन्दादेवी आले रानाले पञ्चहरूले जस्तै ओली र दाहालले आफ्नो जिल्लामा मात्रै बजेट थुपारेको आरोप लगाइन् । ओलीले झापा र दाहालले चितनवमा बजेट थुपारेपछि कांग्रेसले विरोध गर्दै आएको छ ।

‘मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासको क्रममा छ’, उनले भनिन्, ‘बजेट व्यवस्थापन भने पञ्चायतकालीन व्यवस्थामा पञ्चहरूले आफ्नै जिल्ला हेर्थे, त्यसरी नै वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको गृहजिल्ला झापा र चितवनमा थुपारिएको बजेट थुपारेको देखिन्छ ।’

सांसद आलेले पद र पहुँचको आधारमा विकासको पहिचान गर्ने र प्रभावशाली नेताको नगरस्तरीय योजनामा समेत संघीय सरकारले बेजट विनियोजन गर्ने गरेको बताइन् ।

‘झापाको दमकमा पौने ३ अर्बको भ्युटावर निर्माणको टेन्डर आह्वान र चितवनको भरतपुरमा सहरी विकास मन्त्रालयले निर्माण गर्ने चक्रपथ र लिंक रोडका साथै धुर्मुस–सुन्तलीले निर्माण गर्न लागेको क्रिकेट मैदान दबाब र पहुँचको बलमा समावेश भएका योजना हुन्’, आलेको आरोप छ ।

उनले बजेट विनियोजनको विधिलाई नेता विशेषको प्राथमिकताको प्रभावबाट मुक्त नगर्दा ‘सुखी नेपाली समृद्ध नेपाल’को सकारी नारा समेत ओझलेमा परेको दाबी गरिन् ।

‘बजेट विनियोजन दुर्गमताका आधारमा नगर्दा समावेशी, सन्तुलित र समन्यायिक विकास हुन्छ कसरी ?’, उनले प्रश्न गरेकी छिन् ।

Published : Tuesday, 2019 February 12, 1:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया