नेविसंघको जिल्ला कार्यसमितिहरू पनि विघठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमितिहरू पनि विघठन गर्न माग गरेका छन् ।

कांग्रेसको सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने नेताहरूले नेविसंघको केन्द्रीय कार्यसमिति विघठन भएपछि जिल्ला कार्यसमितिहरू पनि स्वतः विघठन भएको बताएका हुन् ।

नेताहरूले केन्द्रीय समिति विघटन भएपछि नेविसंघका जिल्ला कार्यसमितिलाई पनि स्वतः विघटन गर्नुपर्ने तर्क अगाडि सारेका छन् ।

थप गरिएको समयमा पनि १२औँ महाधिवेशन गर्न नसकी अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् ।

महरको राजीनामा पनि स्वीकृत भएको छ । नेविसंघमा तदर्थ समिति बनाउने बाटो खुलेको छ ।

अधिकांश केन्द्रीय सदस्यहरूले जिल्ला अधिवेशन गर्न नसक्ने पनि उत्तिकै दोषी रहेको भन्दै विघटन गर्न माग गरेका छन् ।

नेता रामचन्द्र पौडेल, कल्याण गुरुङ, फरमुल्लाह मन्सुर, मोहन बस्नेतसहितका नेताले जिल्ला अधिवेशन गर्न प्रभावकारी काम नगर्ने समिति पनि केन्द्र जत्तिकै दोषी रहेको धारणा राखेका छन् ।

नैनसिंह महर असफल हुनुमा नेविसंघको जिल्ला कार्यसमिति पनि जिम्मेवार रहेको तर्क चल्न थालेको छ । महर असफल हुने तर जिल्ला कार्यसमितिहरू सहल हुने विषय जायज नरहेको कांग्रेसका नेताहरूले बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिमा नेविसंघको जिल्ला कार्यसमितिहरू विघठनको कुरा चले पनि सभापति शेरबहादुर देउवाले त्यस विषयमा केही बताएका छैनन् ।

Published : Wednesday, 2019 February 13, 11:20 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया