बाह्र जना एसपीहरूको काज सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२ जना एसपीको काज सरुवा गरेको छ ।

स्रोतका अनुसार प्रहरी मुख्यालयले झापामा एसपी दिनेश मैनाली, सर्लाहीमा गोपलचन्द्र भट्टराई, रौतहटमा भुपेन्द्र खत्रीलाई काज सुरुवा गरेको छ ।

कञ्चनपुरमा एसपी दिनेश आचार्य, मकवानपुरमा एसपी मुकेशकुमार सिंह तथा बागलुङमा एसपी कृष्णहरि शर्मा पोखरेललाई काज सुरुवा गरिएको छ ।

एसपी धुव्रराज राउतलाई हेटौंडा गणमा काज सरुवा गरिएको छ । एसपी दीपकराज खरेललाई १ नम्बर गण तथा एसपी योगबहादुर पाललाई प्रदेश नम्बर २ ट्राफिक कार्यालय पथलैयामा सरुवा गरिएको छ ।

एसपी कुबेर कडायतलाई पहरा गण सामाखुशीमा काज सरुवा भएका छन् । एसपी केदार ढकाललाई अपराध महाशाखा टेकुमा सरुवा गरिएको छ ।

Published : Wednesday, 2019 February 13, 11:32 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया