महासमितिको सुझाव बल्ल कांग्रेसको केन्द्रीय समितिमा पेश

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिद्वारा केन्द्रीय कार्यसमितिको तर्फबाट महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव महासमितिबाट प्राप्त सुझाव सहित परिमार्जन गरी बैठकमा पेश गरिएको छ ।

ललितपुरको सानेपास्थिट पार्टी मुख्यालयमा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति निधिले राजनीतिक प्रस्ताव सुझाव र परिमार्जनसहित पेश गरेका हुन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक संघ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान छलफलका लागि बैठकमा पेश भएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण, रमेश रिजाल, महेन्द्र यादव, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, बहादुर सिंह लामा, लक्ष्मी परियार, अमृत अर्याल र अतहर कमाल मुसलमानले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकपछि जारी प्रेस विज्ञप्तिअनुसार सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति गठनका लागि आवश्यक परामर्श गर्ने उल्लेख छ ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक फागुण ९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुनः बस्नेछ ।

Published : Wednesday, 2019 February 13, 7:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया