विश्वप्रकाश र गगनले ओलीको झुट पत्ता लगाएपछि क-कसलाई भयो तनाब ?

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद शर्माले राष्ट्रवासीको नाममा दिइएको सम्बोधनमा अहंकार प्रकट भएको नेपाली कांग्रेसका युवा नेताहरूले आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्न चुकेको बताए । ‘मैले धेरै काम गर्छु भनेको थिएँ, केही पूरा भए, नसकेको चार वर्षमा पूरा गर्छु भन्नु भएको भए हुन्थ्यो’, शर्मा भने, ‘गल्ती कमजोरी नै छैन भनिसकेपछि त के आशा गर्नु ?’

शर्माले समयमा बजेट खर्च नभएको, व्यापार घाटा बढेको, शेयर बजार घटेको देख्दादेख्दै राम्रै–राम्रो भयोभन्दा कसैले नपत्याउने टिप्पणी गरे ।

फागुन ५ गते पत्रकार सम्मेलनमार्फत कम्युनिस्ट सरकारको एक वर्षे कार्यकालबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्ने प्रवक्ता शर्माले बताएका छन् ।

कांग्रेसका अर्का युवा नेता गगन थापा फरक मत राख्नेमाथि ओली असंहिष्णु तरिकाले प्रस्तुत भएको बताएका छन् । ‘प्रधानमन्त्री ओलीज्यूको भाषाशैली र प्रस्तुति हेर्दा अहंकार तुष्टिको अर्को श्रृखंला थप्नका लागि मात्रै सम्बोधन गर्नु भएको हो कि जस्तो लाग्यो’, उनले भनेका छन् ।

थापाले सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा गरिएको सम्बोधनले ओलीले भने जस्तो पहिलो वर्ष आधार वर्ष हो भनेर उत्साह जगाउन नसकेको बताए ।

ओली पहिलो वर्षमा कमी कमजोरी नै नभए जसरी प्रस्तुत हुँदा कम्युनिस्ट सरकारले अधिकतम गर्न सक्ने नै यति रहेछ भने जनतामा थप निराशा पैदा भएको थापाले बताए ।

अर्थतन्त्रको आंशिक पक्ष मात्रै देखाएर भ्रम छर्न खोजिएको थापाको आरोप छ । ‘तथ्यांकमा खेल्न मन लाग्दैन भन्दै आफू अनुकुलको तथ्यांक प्रस्तुत गर्नुभयो’, उनले भनेका छन् ।

विश्वप्रकाश र गगनले ओलीको झुट पत्ता लगाएपछि कम्युनिस्ट सरकारलाई तनाब बढेको छ ।

Published : Friday, 2019 February 15, 12:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया