पानीजहाज र रेल ल्याउँछु भन्ने कुरा सबै ओलीका गफ हुन्ः देउवा

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको एक वर्षको कार्यकाल विकास, सुशासन र शान्ति सुरक्षाका तीनै मोर्चामा असफल भएको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुले शुक्रबार आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै देउवाले सरकारको एक वर्षको कार्यकाल ठूल्ठूला गफ दिएरै बितेको बताए । ओलीले जनतालाई गफ दिएर एक वर्ष विताएको बताएका हुन् ।

‘कहिले पानीजहाज, कहिले रेल ल्याउँछु भन्छन् । गफ हाँकेर मात्रै आउँछ ?’, देउवाले भने, ‘गफ हाँकेर र उखानटुक्का भनेर देश बन्ने भए जनताले यति दुःख किन पाउँथे ?’
देउवाले ओली नेतृत्वको सरकारले एक वर्षमा दूरगामी प्रभाव पार्ने एउटै पनि काम नगरेको दावी गरेका छन् ।

‘विकास निर्माण मात्रै होइन, कूटनीतिक हिसावले पनि यो सरकार असफल भएको छ’, सभापति देउवाले भनेका छन् ।

उनले भेनेजुयलाको राजनीतिक प्रकरणमा अनावश्यक बोलेर सरकारले अमेरिकासँगको सम्बन्ध बिगारेको बताएका छन् ।

प्रमुख प्रतिपक्ष दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषदको बैठक राखेर निर्णय लिइएको प्रसंग उल्लेख गर्दै देउवाले यसबाट सरकारको अधिनायकवादी चरित्र प्रस्ट भएको बताए ।

‘विपक्षी दलले संसदको वेल घेराउ गर्दागर्दै संसद् बैठक चलाएर विधेयक पारित गर्ने प्रचलन संसारमै हुन्न’, कांग्रेसका सभापति देउवाले भने, ‘यो कम्युनिस्ट सरकारले संसदमा पनि अधिनायकवाद देखायो ।’

उनले प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै विकास बजेट लैजाने गरेको भन्दै आपत्ति जनाए ।

‘मुलुकमा ७७ जिल्ला छन, तर प्रधानमन्त्रीले देशको ठूलो बजेट आफ्नो जिल्लामा मात्रै पु¥याएका छन्’, सभापति देउवाले भने, ‘अब हामी सरकारविरुद्ध देशभर आन्दोलन गर्ने छौं ।’

Published : Friday, 2019 February 15, 11:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया