नेविसंघ हाँक्न यी महिला कमाण्डर आउँदै, देउवा पनि सकारात्मक

काठमाडौं । महिला नेतृहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्व महिलालाई दिन माग गरेका छन् ।

सभापति देउवलाई बुढानिलकण्ठस्थित निवासमा शनिबार भेटेर नेविसंघका महिला नेतृत्वहरूले नेविसंघको अध्यक्ष पद माग गरेका हुन् ।

नेविसंघको तदर्थ समितिमा महिला नेतृत्व ल्याउन उनीहरूको माग छ ।

कांग्रेसका सभापति देउवालाई भेट्न उपत्यकाका क्याम्पसका केही महिला नेतृसहित निवर्तमान केन्द्रीय सदस्यहरू गीता गुरुङ, मीरा कटुवाल, पूजा उपाध्यय, मेघा शाही, प्रतिमा भट्टलगायत विद्यार्थी नेतृ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।

देउवालाई भेटेका विद्यार्थी नेतृहरूले नेविसंघमा इतिहास कायम गर्न पनि महिलाको नेतृत्व आवश्यक रहेको बताएका छन् । उनीहरूले निवर्तमान समितिकी सहमहामन्त्री अम्बिका चलाउनेलाई तदर्थ समितिको अध्यक्ष बनाउन माग गरेका थिए ।

नेपाली कांग्रेसलाई सुदृढ बनाउन पनि आफूहरूले महिला नेतृत्व मागेको निवर्तमान केन्द्रीय सदस्य गीता गुरुङले बताइन् ।

विद्यार्थी नेतृहरूले तदर्थ समिति गठन गर्दा नेविसंघको विधान जसरी पनि कार्यन्वयन गर्नुपर्ने भन्दै सभापति देउवालाई दबाब दिएका थिए ।

महिला नेतृहरूले तदर्थ समिति पनि ३२ वर्षमुनिको ल्याउन सभापति देउवालाई सुझाएका छन् ।

३२ मुनिको समिति ल्याउँदा चलाउनेको सम्भावना छ । देउवा समूहका उपसभापति विमलेन्द्र निधि र नेता बालकृष्ण खाँडले तदर्थ समितिमा उमेर हद लगाउन नहुने बताउँदै आएका छन् ।

निधि आफू निकटका विद्यार्थी नेता सरोज थापालाई र खाँड प्रकाश घिमिरेलाई तदर्थ समितिको सभापति बनाउन चाहन्छन् । सहमहामन्त्री डा.प्राकाशशरण महत भने ३२ वर्षे उमेर हद लगाउन सभापति देउवालाई दबाब दिइरहेका छन् ।

उनी आफू निकटका प्रेमराज जोशीलाई तदर्थ समितिमा ल्याउने प्रयासमा छन् ।

सभापति देउवाले विद्यार्थी नेतृसँग भेट्दै तदर्थ समितिमा महिला नेतृ ल्याउन सकरात्मक भएको बताएका छन् ।

निवर्तमान केन्द्रीय समितिको सहमहामन्त्री चलाउनेले यसअघि देखि नै नेविसंघको नेतृत्व लिने आकांक्षा देखाएकी छिन् । उनलाई पार्टी केन्द्रीय सदस्य एनपी साउद र नेविसंघ निवर्तमान समितिका अध्यक्ष नैनसिंह महरको साथ छ ।

उनी अछामको पञ्चदेवलविनायक नगरपालिकाको उपप्रमुख भएको भन्दै अन्य समूहका विद्यार्थी नेताले भने प्रश्न उठाएका छन् ।

चलाउनेले भने विद्यार्थी संगठनको नेतृत्व लिन जनप्रतिनिधिबाट राजीनामा दिइसकेकी छन् । राजीनामा स्वीकृत भने भइसकेको छैन ।

Published : Saturday, 2019 February 16, 5:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया