राष्ट्रपति चढेको हेलिकप्टर फाप्लुमा आकस्मिक अवतरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चढेको हेलिकोप्टर खराब मौसमका कारण फाप्लु विमानस्थलमा अवतरण गरेको छ ।

भण्डारी चढेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण फाप्लु विमानस्थलमै फर्किएको हो ।

सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उदघाटनमा सहभागी हुन राष्ट्रपति भण्डारी सोलु गएकी हुन् ।

रजतजयन्ती समारोहलाई सम्बोधन गरी उनी सेनाको हेलिकोप्टरमार्फत् काठमाडौंका लागि उडेकी थिइन् ।

खराब मौसमका कारण १५ मिनेटमै उनी चढेको हेलिकोप्टर फाप्लु विमानस्थल फर्किएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

घिमिरेका अनुसार हेलिकोप्टर सेनाको गुल्ममा छ । राष्ट्रपति विमानस्थल नजिकैको रहेको होटलमा राखिएको छ ।

Published : Saturday, 2019 February 16, 6:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया