पशुपति शर्मालाई प्रचण्डका ज्वाइँले दिए साथ, एक्लिए ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँले जीवन आचार्यले गायक पशुतपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ बोलको गीत मन परेको टिप्पणी गरेका छन् ।

कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले गायक शर्माको गतिलाई प्रतिबन्ध लगाएको अर्को दिन आचार्यले ‘लुट्न सके लुट् कान्छा’ भन्ने बालको गीतले आफूलाई भावुक बनाएको बताएका छन् ।

‘धेरै चर्चा परिचर्चापछि पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ भन्ने गीत पूरा भिडियो हेरे’, उनले फेसबुकमा लेखेका छन्, ‘यो गीत निकाल्न हुन्थ्यो हुँदैनथ्यो यो दोश्रो पाटो हो । वास्तवमा भन्ने हो भने यो गीतले मलाई चाहिँ भावुक बनायो ।’

‘प्रधानमन्त्री ज्यू अब ढिला नगरौं, म एउटा यूवाले राष्ट्रका लागि के गर्न पर्छ भन्नुहोस् मेरो एकमुट्ठी सास राष्ट्रका लागि… ता कि पशुपति शर्माहरूले फेरि यस्ता गीत गाउन नपाउन्’, आचार्यले भनेका छन् ।

कम्युनिस्ट सरकारले गायक शर्माको गीतलाई शनिबार रातिदेखि युट्युबबाट हटाउन लगाएको छ । शर्माको गीत हटाइएको विषयमा कम्युनिस्ट सरकारले कुनै पनि प्रतिक्रिया दिएको छैन ।

पूर्वएमाले निकटको नेपाल युवा संघले गायक शर्मालाई धम्की समेत दिएको छ । गीतले ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई तनाव दिएको भन्दै युवा संघले आपत्ति जनाएको हो ।

युवा संघले गायक शर्मालाई बहिस्कार गर्न पनि भनेको छ । युवा संघले गायक शर्मालाई धम्की पनि दिएको छ ।

Published : Sunday, 2019 February 17, 10:32 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया