शर्माको गीत मैले राखेको छु, मलाई थुन कम्युनिस्ट सरकारः भुपेन्द्रजंग शाही

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ बोलको गीतलाई प्रतिबन्द लगाएर अधिनायकवाद चरित्र देखाएको टिप्पणी गरेका छन् ।

‘गीत संगीत र जनताको आवाज रोक्ने अधिनायकवादी ओली सरकार नालायक साबित भएको छ’, फेसबुकमा स्टाटस लेखेर महासचिव शाहीले भनेका छन्, ‘साँच्चिकै यो ओली सरकार लुटेरा प्रमाणित भएको छ । लुट ओली लुट ।’

उनले पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ चर्चित गीतलाई आफूले आफ्नै च्यानलबाट सार्बजनिक गरेको बताएका छन् । शाहीले ओलीलाई सरकारलाई चुनौती दिँदै भनेका छन्, ‘ओली सरकारले सक्छ भने पशुपति शर्मको गीतलाई मेरो आफ्नै युट्युब च्यानलमा राखेको छु । मलाई पक्राउ गरेर देखाउ ।’

उनले कम्युनिस्ट सरकारले जनताको बोल्न पाउने नैसर्गिक अधिकार खोसेर ओली सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको बताएका छन् ।

नेपाल तरुण दलका महासचिव शाहीले गायक शर्मालाई गीत गाएको र निकालेकै भरमा दुःख दिने, थुन्ने लगायतका कार्य भयो भने कम्युनिस्ट सरकारविरुद्ध चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।

Published : Sunday, 2019 February 17, 11:13 am

1 प्रतिकृया प्राप्त “शर्माको गीत मैले राखेको छु, मलाई थुन कम्युनिस्ट सरकारः भुपेन्द्रजंग शाही”

  • लुट्न सके लुट कान्छ बोल को गित मा गायक पशुपति शर्मा कुनै कुरा ले चुओ लागेर बस्न अनुरोध छ ,जसरी महा सचिब ज्यु ले भन्नू भयो त्यसरी नै हामी सबैको सपोर्ट छ हजुर लाई

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया