गंगामाया अन्तर्राष्ट्रिय अदालत जाने, छुट्ने भयो प्रचण्डलाई पसिना
काठमाडौं । गंगामाया अधिकारीले राहदानी बनाएपछि पूर्वमाओवादी नेताहरूलाई तनाव उत्पन्न भएको छ ।
माओवादीले चितवनमा अपहरण गरेर छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरेपछि कारबाहीको माग गरेर गंगामाया र उनका पति नन्दप्रसाद अधिकारी अनशन बसेका थिए । अनशनकै क्रममा नन्दप्रसाद अधिकारीको मृत्यु भएको थियो ।
नन्दप्रसाद अधिकारीको शव अहिले पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ ।
माओवादीले छोराको हत्या गरेपछि न्यायका लागि अहिले पनि संघर्षरत गंगामायाले आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाएकी छिन् ।
गंगामायाले राहदानी बनाएको विषयलाई पूर्वमाओवादी नेताहरूले रहस्यका रुपमा लिएका छन् । कारबाहीको माग राखेर अन्तर्राष्ट्रिय अदालतमा मुद्धा हाल्न जानका लागि गंगामायाले राहदानी भएको भनेर चर्चा चलेको छ ।
गंगामाया अन्तर्राष्ट्रिय अदालत जाने भएपछि नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका माओवादी नेताहरूलाई तनाव उत्पन्न भएको छ ।
गंगामायाले छोराका हत्याराहरूलाई कारबाही नभएको र उचित न्याय नपाएको तथा हत्यामा संलग्नहरूलाई छाडिएको बताउँदै आएकी छिन् ।
उनले न्यायका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्नका लागि राहादानी बनाएकी हुन् । गंगामायाको राहदानीका लागि अधिवक्ता ओमप्रकाश अर्याल र सुरेन्द्र भण्डारी लगायतको समूह जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको थियो ।
गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा पक्राउ परेका मुख्य आरोपी छविलाल तिवारीसहित १२ जनाले अदालतबाट सफाइ पाइसकेका छन् ।
गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको ०६१ सालको जेठ २४ गते चितवनको रत्ननगरमा आफन्त भेट्न गएका बेला तत्कालीन माओवादीले हत्या गरेका थिए ।
khate website
नेपाल का राजनैनिक दल र सरकारले युद्वमा पिडित ब्यक्तिलाई न्याय दिदिन नसकेको चरम बेवास्ता का कारण गंगामायाले अाज अन्तर्राष्ट्रिय फफाैजदारि अदालत धाउनु परेकाे हाे।हेर्दै जानुस गंगामायालखाेलेकाे ढाेका बाट कति धेरै पिडित पस्दैछन।