शीतल निवासमा अकस्मात ओली, देउवा, दाहाल, गच्छदारको वार्ता

काठमाडौं । कम्युनिस्ट सरकारको चौतर्फी विरोध भैरहेका बेला प्रधानमन्त्री खड्गप्रसाद ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति कार्यालयमा प्रवेश गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार अपरान्ह करीव पाँच बजे उनीहरू प्रवेश गरेको उच्च स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओली, देउवा, दाहाल र गच्छदारलाई कुराकानी गर्न बोलाएको जनाइएको छ ।

शीतल निवासमा भएको कुराकानीका विषयमा केही भनिएको छैन । तर, मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा उनीहरूका बीच कुराकानी भएको बुझिएको छ ।

नेपाली कांग्रेससँग कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रिरहेका बेला शीतल निवासभित्र उच्चस्तीय सम्वाद भएको छ ।

राष्ट्रपतिको निमन्त्रणामा सभापति देउवा शीतल निवासमा गएको देउवाका सहयोगी भानु देउवाले पुष्टि गरेका छन् । के–के कुराकानी भएको हो उनले बताउन मानेनन् ।

Published : Sunday, 2019 February 17, 10:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया