कम्युनिस्ट सरकारलाई भ्रष्टाचारमा क्रान्तिकारी छलाङः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले भ्रष्टाचारमा ‘क्रान्तिकारी छलाङ’ मारेको जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार सानेपामा पत्रकार सम्मेलन गरेर वाइडबडी जहाज खरिदमा अर्बौँ घोटाला बाहिरिँदा पनि छानबिन नगरेको बताए ।

उनले निजगढ विमानस्थलमा अनावश्यक रूख काट्न प्रस्ताव गरेको, बुढीगण्डकीमा अर्बौँको कमिसनको खेल गरेको आरोप पनि लगाए ।

‘यस्ता प्रकरणमा साना र मझौला दोषी सहायक पात्रका रूपमा जरुर भेटिनेछन्’, प्रवक्ता शर्माले भने, ‘तर, मूल पात्रका रूपमा नाम आउनेछ, झापा जिल्ला स्थायी ठेगाना भई अस्थायी ठेगाना बालकोट भक्तपुर रहेका व्यक्तित्वको ।’

यो एक वर्षमा सुशासनको अवस्था दयनीय रहेको पनि कांग्रेसले बताएको छ ।

‘भ्रष्टाचार नियन्त्रण हुने, लगानीका अवसर बढ्ने, बाह्य लगानीकर्ता आकर्षित हुने पूर्वानुमान र आमअपेक्षा खण्डित भएको छ’, कांग्रेसले भनेको छ ।

शर्माले पुँजीगत खर्च, विदेशी लगानी, व्यापार घाटा, सेयर बजार र ‘डुइङ बिजेनस रिपोर्ट’लगायत आर्थिक सूचकांकले सरकार लयमा नरहेको पुष्टि गरेको बताए ।

Published : Monday, 2019 February 18, 8:13 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया