पाल्पामा कांग्रेसले नेकपाको जग हल्लाइदियो

पाल्पा । पाल्पा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपाका नेताहरू भ्रष्ट भएको भन्दै थुप्रै कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । कम्युनिस्ट पार्टीका गाउँका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेपछि पाल्पामा नेकपाको जग हल्लिन थालेको छ ।

क्रियाशील सदस्यता वितरण तथा संगठन विस्तार अभियानमा नेकपा सहित विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेहरू बढेका छन् ।

नेपाली कांग्रेस रिब्दीकोटले सञ्चालन गरेको पहिलो चरणको अभियानको समापनमा १ सय २० जना व्यक्तिहरू नेकपा, राप्रपा लगायतका पार्टीबाट कांग्रेसमा प्रवेश गरेका हुन् ।

अभियानका संयोजक तथा महासमिति सदस्य हिमालदत्त श्रेष्ठले नेकपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसको सदस्यता लिने क्रम बढेको बताए ।

कांग्रेसले माघ १ गतेदेखि सञ्चालन गरेको अभियानमा पार्टीमा लामो समयसम्म योगदान गरेका, पार्टीका पूर्व सभापति, ७० वर्ष माथिका पुराना नेताहरूलाई समेत सम्मान गरेको छ ।

Published : Monday, 2019 February 18, 11:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया