कांग्रेस निकटका वकिलहरूद्वारा उम्मेदवारी दर्ता, कम्युनिस्टहरूसँग सिधै भिड्ने

काठमाडौं । चैत १६ गते हुन लागेको नेपाल बार एसोसिएसनको निर्वाचनका लागि नेपाली कांग्रेस निकटका वकिलहरूको संस्था नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)ले अध्यक्षमा सुनिलकुमार पोखरेलको नेतृत्वमा टिम अगाडि सारेको छ ।

डेमोक्रेटिक लयर्स एसोसिएसनको तर्फबाट पोखरेलको नेतृत्वमा रहेको समूहले सोमबार उम्मेदवारी दर्ता गराएको छ ।

चैतको १६ गते बार एसोसिएसनको निर्वाचन हुँदै छ । नेपाल बार एसोसिएसनको हालको अध्यक्ष नेपाली कांग्रेस निकटका वरिष्ठ अधिवक्ता शेरबहादुर केसी छन् ।

उम्मेदवारी दर्ता गराउनेमा महिला उपाध्यक्षमा कविता थापा कार्की पनि रहेकी छिन् । सात जना उपाध्यक्षहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश १ मा डिल्लीबहादुर कार्की, प्रदेश २ मा सुधिरकुमार कर्ण, प्रदेश ३ मा राजेश्वर अधिकारी, गण्डकी प्रदेशमा निरञ्जनलाल भण्डारी, प्रदेश ५ मा सुनिलकुमार श्रेष्ठ, कर्णाली प्रदेशमा उत्तम आचार्य र सुदूरपश्चिम प्रदेशमा ठेकेन्द्रराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

महासचिवमा लीलामणि पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

सदस्यहरूमा रुपनारायण बिक, शेषमन यादब, मनोजकुमार चौधरी, अमृत लामा, कैलाश गुरुङ, शिवाली जोशी, सोनी रघुवंशी, गणेशप्रसाद सिग्देल, रमेशकुमार ढकाल, कृष्ण घिमिरे, शिवप्रसाद रेग्मी, खेमराज न्यौपाने, गोपी शर्मा सुवेदी, टेकप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराएको डेमोक्रेटिक लयर्स एसोसिएसनले जनाएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका वकिलहरूको प्रगतिशील समूहको तर्फबाट पनि उम्मेदवारी दर्ता गरिएको छ ।

Published : Monday, 2019 February 18, 8:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया