कम्युनिस्ट सरकारविरुद्ध काठमाडौंमा भव्य जनसंघर्ष, थापाले ल्याए देशैभरि उथलपुथल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दूराष्ट्र पुनस्र्थापना लगायतका विभिन्न २२ बुँदे मागहरू राखेर मंगलबारबाट कम्युनिस्ट सरकारविरुद्ध राष्ट्रवादी जनसंघर्ष शुरु गरेको छ ।

राप्रपाले उपत्यकामा कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई, प्रदेशमा प्रदेशका मुख्य मन्त्रीलाई र सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र पेश गरेको छ ।

राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा गएको पार्टीको प्रतिनिधिमण्डलले जनसंघर्षको २२ बुँदे माग सहितको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ज्ञापनपत्र पेश गरेपछि राप्रपाले ¥याली सहित शान्तिपूर्ण जनसंघर्ष कार्यक्रमको शुभारम्भ गरेको छ ।

अध्यक्ष थापाको नेतृत्वमा नयाँ बानेश्वरबाट शुरु भएको जुलुस माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई अध्यक्ष थापा, नेता बुद्धिमान तामाङ लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

पार्टीले मागपत्रमा उल्लेख गरेका विषयलाई सरकारले फागुन मसान्तसम्ममा सम्बोधन गरिनुपर्ने समयसीमा तोकेको छ ।

निर्धारित समयसम्ममा माग सम्बोधन नभए वा हुन नसके फागुन ३० गते काठमाडौंमा हुने राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहमा संघर्षका थप कार्यक्रम घोषणा गरिने राप्रपाका प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले जनसंघर्षकै कार्यक्रम अन्तर्गत आफूले सरकार समक्ष पेश गरेका मागहरूबारे जनमत सिर्जना गर्न, जनतालाई जागरुक तुल्याउन फागुन १५ देखि ३० सम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तयारी तिव्रताका साथ गरिरहेको छ ।

Published : Tuesday, 2019 February 19, 5:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया