अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीको उद्धार गर्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजारभन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाप्रति आफ्नो गम्भीर ढंगले ध्यानआकृष्ट भएको जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ ।’

‘स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्यौलमा पुर्‍याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थी समेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावक सँगै हामीलाई पनि मर्माहत तुल्याएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको छ’, शर्माले भनेका छन् ।

‘नेपाल सरकारले ती विद्यार्थीको उद्धार उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गरोस् र पीडित विद्यार्थी एवं अभिभावकको भावना अनुरुपको व्यवस्थापनमा तत्कालै अग्रसरता निभाओस्, नेपाली कांग्रेस सम्पूर्ण तदारुकताका लागि हार्दिक अपील गर्दछ’, प्रवक्ता शर्माले भनेका छन् ।

नेपाली कांग्रेसले दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरूबारे आवश्यक विवरण संकलन गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

अष्ट्रेलियाका सिड्निीमा एक हजार विद्यार्थी अलपत्र परेको बारे विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि कांग्रेसले ती विद्यार्थीको उद्धार गर्न आग्रह गरेको छ ।

Published : Wednesday, 2019 February 20, 1:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया