काष्ठमण्डपमा अर्को काण्ड, कांग्रेसकी प्रसाइँले मागिन् मन्त्रीसँग जवाफ

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी मुख्य सचेतक सरिता प्रसाइँले सातौँ शताब्दीको इतिहाँस बोकेको काठमाडौंको काष्ठमण्डपको पुनर्निर्माणमा भैरहेको कार्यप्रति गम्भीर प्रश्न उठाउँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसँग जवाफ माग गरेकी छिन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै मुख्य सचेतक प्रसाइँले काष्ठमण्डप पुनःर्निर्माणमा आर्थिक अनियमितता भएको आशंका गरेकी छिन् । उनले करोडौँ खर्च गरेर पुनर्निर्माण हुँदा पनि काष्ठमण्डको काम सन्तोषजनक नरहेको बताइन् ।

‘काष्ठमण्डपले सातौँ शताब्दीको इतिहाँस बोकेको छ । काष्ठमण्डपको जिर्णोद्धार चार–पाँच वर्ष अगाडि भएको थियो’, उनले भनिन्, ‘भूकम्पबाट भत्किएको काष्ठमण्डप पुनर्निर्माणमा छ ।’

‘काष्ठमण्डप निर्माण गर्ने क्रममा चार वटा खम्बामध्ये तीन वटा खम्बा सिजरिङ नगरिएको काठबाट बनाइएको छ । एउटा खम्बा मात्रै पुरानो खम्बार राखिएको छ’, मुख्य सचेतक प्रसाइँले भनिन्, ‘नयाँ र पुरानो काठको खम्बार राखी करोडौं खर्च गरेर बनाइने दुई थरी काठका कारण काष्ठमण्डप सन्तुलति हुन सक्छ ?’

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले काष्ठमण्डप पुनर्निर्माणमा भैरहेकोे काम र कारबाहीका विषयमा राष्ट्रिय सभालाई जानकारी दिनुपर्ने माग गरिन् ।

Published : Wednesday, 2019 February 20, 1:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया