गगनलाई इलामका जनताले दिए माया, भव्य स्वागत (तस्वीर)

इलाम । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापा इलाम जिल्लामा भएका विभिन्न कार्यक्रमहरूमा सहभागी भएका छन् ।

युवा नेता थापा इलाममा भएका नेपाली कांग्रेसका कार्यक्रमहरूका साथै खेलकुद कार्यक्रममा समेत सहभागी भएको पूर्वसांसद नागेन्द्रकुमार कुमालले जानकारी दिए ।

युवा नेता थापा नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामद्वारा अयोजित अन्तरक्रियामा समेत सहभागी भएका छन् ।

नेपाली कांग्रेस २ नं. क्षेत्रीय समितिद्वारा मंगलबारेमा अयोजित अन्तरक्रियामा पनि युवा नेता थापा सहभागी भएका छन् ।

तरुण दल ३ नं. क्षेत्रीय समितिद्वारा आयोजित सातखाल्टे शहीद स्मृति गोल्ड कपको फाइनलमा सहभागी भएका युवा नेता थापाले खेलाडीहरूसँग पनि भलाकुसारी गरेका छन् ।

छोटो समयमा ३ वटै कार्यक्रम सफल्ता साथ सहभागी भएर कर्यक्रम सफल बनाइदिएकोमा युवा नेता थापालाई इलाम कांग्रेस र स्थानीयले धन्यावाद समेत दिएका छन् ।

 

Published : Wednesday, 2019 February 20, 9:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया