नेकपा निकटका ‘गुण्डा’ नाइके सत्यमान लामाले काभ्रे हल्लाए, प्रहरी बेपत्ता

बनेपा । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको अध्यक्षसँग मिलेर गुण्डा नाइके सत्यमान लामासहितका तस्करहरूले १ करोड ५० लाखको बालुवा उत्खनको टेण्डर सेटिङ मिलाएर ४० प्रतिशत कम गराएर लिएको खुलासा भएको छ ।

तेमाल गाउँपालिका वडा नं. २ र ३ को सुनकोशीको बगरमा बालुवा उत्खननमा करोडौंको घोटाला भएको खुलासा भएको हो । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा गुण्डा नाइके सत्यमान लामालाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले हालसालै दुई पटक पक्राउ गरेर थुनामा रोखको छ । सत्यमान लामालाई सत्तारुढ नेकपाकी सांसद नवीना लामाले दुई पटक नै छुटाएकी हुन् ।

तस्करको गिरोहले तेमाल गाउँपालिका अध्यक्ष सलामसिंह लामासँग मिलेर सम्झौता विपरीत बालुवा उत्खनन् मात्र गरेन्् सम्झौता विपरीत ४० प्रतिशत रकम समेत कम गरेर मिलोमत्तोमा राजश्व घोटाला गरेका छन् ।

काभ्रेमा गुण्डा नाइके सत्यमान लामाले उथलपुथल मच्चाउँदा पनि स्थानीय प्रहरी र प्रशासन मुकदर्शक बनेर बसेको भन्दै स्थानीयले आरोप लगाएका छन् । उत्पान मच्चाउने सत्यमानलाई कारबाहीको माग स्थानीयले गरेका छन् ।

काठमाडौंको ठमेल र वालुवाटार क्षेत्रमा छोटे डन भनेर परिचित सत्यमान लामाले आफ्नै मामा पर्ने गाउँपालिका अध्यक्ष सलामसिंह लामालाई प्रभावमा पारेर बस्ती, विद्यालय र स्वास्थ्यचौकीलाई असर पारेर स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गरेको स्थानीयले आरोप लगाएका छन् । सत्यमान लामाको गुण्डागर्दीविरुद्ध स्थानीयले बालुवा उत्खनन् भएको स्थानमा प्रदर्शन समेत गरेका छन् ।

दुवाकोट कन्ट्रक्सन एवं सालीनदी निर्माण सेवा प्रालिका निमित्त सञ्चालक सत्यमान लामाले सम्झौता विपरित वालुवा उत्खनन् गरेको भन्दै स्थानीयहरूले प्लेकार्ड सहित विरोध गर्दै कानून विपरित गरिएको घोटाला र मापदण्ड विपरीतको उत्खननको विरोध गरेसँगै करोडौँको घोटाला बाहिर आएको हो ।

सम्झौतामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म नदीको बगरमा ९२ सेन्टिमिटर मात्र खन्न पाउने सम्झौता भएपनि लामाले राति ११ देखि १२ बजेसम्म स्काभेटर र टिपर चलाएर नदीको दोहन गरेको स्थानीयले बताए ।

एकातिर कर छल्ने र अर्कोतिर मापदण्ड मिच्ने गरेका सत्यमान लामालाई नेकपाका सांसदसहित स्थानीय केही नेताको आर्शीवाद रहेको आरोप छ ।

आन्दोन शुरू गरेका स्थानीयहरूलाई आफ्नो विरोध गरेको भन्दै ठेकेदार सत्यमान लामाले धम्की दिएसँगै स्थानीयहरूले टिफर तथा जेसीबीलाई सुनकोशी नदीमाथि चल्न रोक लगाएका छन् ।

स्थानीयहरूको विरोध र अबरोधपछि सत्यमान लामाले बनेपामा पत्रकार सम्मेलन गरी भ्रम फैलाउन खोजेको भन्दै आपत्ति जनाइ सकेका छन् ।

सत्यमान लामाले स्थानीय नेता, प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई समेत किनिसकेको छु भन्दै धम्काउन थालेको आरोप छ ।

‘तिमीहरूले केही गर्न सक्दैनौ सके रोक’ भनेर सत्यमान लामाले धम्की दिएको स्थानीय चन्द्र लामाले जानकारी दिए ।

सत्यमान लामाले सांसद गंगाबहादुर दोङलाई आफूले गाडी किनिदिएको बताउँँदै कसैले केही गर्न नसक्ने धम्की दिएको बताए ।

सत्तारुढ नेकपाको सांसद नवीना लामा निकट मानिएका सत्यमान लामाले पछिल्लो समय कमाइ खान मण्डले प्रवृत्ति देखाउँदै हिँड्ने गरेको स्थानीय बताउँछन् ।

‘म गंगा बहादुर दोङ (बमध्वज) लाई संघीय सभासद् विजयी गराउन उनको भन्दा मेरो गर्दनमाथि राखेर हिँडेको हुँ । तर उनी आफैं साझेदार भएर यस्तो हर्कत गर्दै हिँडे । अब हाम्रो गाउँले उनलाई कुनैपनि हालतमा सहयोग गर्ने छैन’, सत्यमान लामाले भन्ने गरेको अभिव्यक्तिबारे स्थानीयले भनेका छन् ।

स्थानीयका अनुसार लामाले मंगलबार राति १० बजे प्रहरी समेत ल्याएर स्थानीयलाई धम्क दिएका थिए ।

धम्कीपछि गाउँलेलाई तर्साउन लामाले बुधबार पत्रकार सम्मेलन गरी आफूलाई वालुवा उत्खनन् गर्न नदिएको बिलौना गरेक थिए ।

स्थानीयले अबैधानिक कार्य नियन्त्रण नगरेसम्म उत्खनन् गर्न नदिने बताउँदै आएका छन् । लामाले काम रोक गर्नेलाई ज्यान मार्ने सम्मको धम्की दिएको भन्दै सुरक्षाको माग समेत गरेका छन् ।

आरोपहरूका बारेमा के भन्छन् सत्यमान लामा ?

म व्यवसायी हुँ । मैले राज्यलाई कर तिरेर ठेक्का लिएको हुँ । स्कुलको स–साना बालबालिकालाई उतारेर मेरोविरुद्ध प्रदर्शन गरेका छन् । मैले राज्यको नियमअनुसार ८३ लाखमा बालुवाको टेण्डर लिएको हुँ । यदि स्थानीयले नै बालुवाखानी चलाउँछन् भने चलाउन् । मेरो पैसा फिर्ता दिनुपर्छ । १ करोड ५० लाखको बालुवा ठेक्का होइन । मैले पत्रकार सम्मेलन गरेर सबै कुरा भनेको छु । कुनै पनि सांसदलाई गाडी किनेको छैन । मैले गुण्डा पनि प्रयोग गरेको छैन ।

Published : Thursday, 2019 February 21, 6:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया