‘कम्युनिस्टहरू निरंकुश हुन्, बोल्ने सोमत हुँदैन’

काठमाडौं । सामाजिक सञ्जालमा कडाइ गर्ने गरेर सूचना तथा सञ्चार विधेयक संसदमा पेश भएपछि खड्गप्रसाद ओली नेतृत्वका कम्युनिस्ट सरकारको आलोचना बढ्न थालेको छ ।

विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन गरेको आरोप लागेको छ । संविधान विपरितका प्रावधानहरू राखेको भन्दै नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले विरोध जनाइ सकेका छन् ।

पत्रकार कुशुम भट्टराईले पनि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर सत्तारुढ कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूको बिगतको इतिहाँस उजागर गरिदिएका छन् । उनले कम्युनिस्ट सरकारले ल्याएको सामाजिक सञ्जाल नियन्त्रण गर्ने सम्बन्धी विधेयकको नाम नलिएर आलोचना गरेका छन् ।

‘एमालेका कार्यकर्ता नै थिए, जसले कुनैबेला ‘तालुुखुइले गिरिजा, भारततिर छिरिजा’सम्मका अभद्र शब्दहरू बोलेर देशको बहालवाला प्रधानमन्त्रीको अपमान गर्न हिचकिचाउँदैनथे । त्यसो गर्नु उनीहरूको दृष्टिमा ‘क्रान्तिकारीता’ मानिन्थ्यो’, भट्टराईले भनेका छन् ।

‘दरबारमा विराजमान राष्ट्र प्रमुख तात्कालीन राजा ज्ञानेन्द्र शाहलाई ‘मूर्ति चोर’ अनि युवराज पारस शाहलाई ‘गुण्डा’सम्मका शब्दहरू उरालेर अपमान गर्नेहरू पनि हाल नेकपाका युवा नै थिए’, उनले भनेका छन् ।

पत्रकार भट्टराईले राष्ट्रिय सभामा तात्कालीन एमालेका सांसद गोल्छे सार्कीले कांग्रेस नेता रामचन्द्र पौडेलमाथि हातपात गर्दा एमालेका कार्यकर्ताले थपडी बजाएकै हुन् भनेर विगतको इतिहाँस बाहिर ल्याइदिएका छन् ।

नेपाली राजनीतिमा भाषाको शिष्टता र भद्रता बिगार्ने काम नेपालका कम्युनिष्टहरूले गर्दै आएको उनले बताएका छन् ।

‘कम्युनिष्टहरूवीच नै निम्नकोटीको निकृष्ट आरोप प्रत्यारोप हामीले नसुनेको हैन’, उनले भनेका छन्, ‘मोहनविक्रमले पुष्पलाललाई भक्कुमार गाली गरेर ‘गद्दार पुष्पलाल’ शीर्षकको किताब निकालेदेखि नै कम्युनिष्टहरूमा शिष्टता र मर्यादाको अभावको इतिहास पाउँछौं ।’

‘कम्युनिष्टहरूमा बोलीको सोमत पटक्कै हुँदैन । कम्युनिष्टहरू आपसमा बाझाबाझ गर्दा ‘भारतीय दलाल’, ‘रअ र सिआइएको एजेन्ट’, ‘दरबारको नोकर’ आदि अनेक आक्षेप लगाउन पछि पर्दैैनन्’, पत्रकार भट्टराईले भनेका छन् ।

‘पशुपति शर्माले ‘कुकुर’ शब्द उच्चारण गर्दा के आपत्ति भयो ? कुकुरभन्दा बढी खतरनाक र विषालु त सर्प हैन र ? युवा सँघका कार्यकर्तालाई हेक्का रहोस्, कुनैबेला नेकपा (माओवादी)का नेताहरू एमालेलाई ‘घाँसमा लुकेको हरियो सर्प’ भन्थे’, भट्टराईले आफ्नो स्टाटसमा लेखेका छन् ।

Published : Sunday, 2019 February 24, 7:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया