पानीजहाज र रेल होइन ओली सरकार तीन वटा पुल बनाइदिए पुग्छः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारसँग गाउँका जनताले धेरै ठूला अपेक्षा नगरेको भन्द पानीजहाज र रेलका सपना नदेखाउन आग्रह गरेका छन् ।

सिन्धुली जिल्लाको खाङसाङ बजारमा शनिबार नेपाली कांग्रेस सिन्धुली, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुले आयोजना गरेको चक्का जाम तथा विरोध सभा कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले रेल र पानीजहाजभन्दा पनि पहिला गाउँका जनताले ठेक्का लागिसकेका पुल र सडकको निर्माण पूरा गर्न माग गरे ।

दुई तिहाइको बलियो कम्युनिस्ट सरकारले टेण्डर लागिसकेका पुल र सडक बनाउनेभन्दा पनि पानीजहाज र रेलका कुरा गरेर जनतालाई अलमलमा पारिरहेको उनले आरोप लगाए ।

‘ओली सरकारसँग हाम्रो पनि आशा छ । दुई तिहाइको यो सरकारले काम गर्छ कि भन्ने गाउँका जनतालाई आस थियो’, उनले भने, ‘जनताले भरोसा गरेको यो कम्युनिस्ट सरकार एउटा गीतमा अल्झिएको छ ।’

कांग्रेसका युवा नेता खतिवडाले विकास गरेर जनतालाई सुविधा दिन सुझाव दिए । हरेक ठाउँमा ओली सरकार असफल भएको भन्दै खतिवडाले गीतमा नअल्झिन सुझाव दिए ।

मध्यपहाडी लोकमार्ग अन्तर्गतका खाङसाङ, सोखु र बहादुरले खोलाको पुलको पुल र बहादुरे खोलाकै सडक टेण्डर गएको थुप्रै वर्ष भैसकको भन्दै पूर्वसांसद खतिवडाले भने, ‘पुल र सडक बनाउन दवाव दिन सिंहदरबारमा गयौँ । सिंहदरबारबाट धुलो झार्नेभन्दा कही भएन । हाम्रो मागको सुनुवाई भएन । कम्युनिस्ट सरकार कानमा तल हालेर बसेको छ । सरकारका कानसम्म हाम्रा माग पुर्‍याउन । बाध्य भएर सडक अबरोध गरेर प्रदर्शन गरेका हौँ ।’

खतिवडाले दुई घण्टा गरिएको सडक अबरोधले यात्रुलाई पर्न गएको समस्याप्रति कांग्रेसको तर्फबाट माफी पनि मागेका छन् ।

‘काम गर्न दवाव दिन सडक अबरोध गरेका हौँ । हामीलाई सुनकोशीमा जहाज होइन चाहिएको छैन । हामीलाई पुल र सडक बनाइदिए पुग्छ । टेण्डर प्रक्रियामा गएका विकासका कामलाई समयमा पूरा गरिदिए हुन्छ’, उनले भने, ‘हाम्रो आवश्यक्ता रेल आवश्यक्ता होइन । पानीजहाज पनि होइन ।’ उनले तीन वटा पुल र सडक बनाउने कुरामा कम्युनिस्ट सरकारले सुनुवाई नगरे प्रधानमन्त्री कार्यालय अगाडि गएर समेत प्रदर्शन गर्न बाध्य हुने चेतावनी दिए ।

‘प्रधानमन्त्री ओलीकै अगाडि प्रदर्शन गर्ने अवस्था नओस् भन्ने चाहेका छौँ’, खतिवडाले भने, ‘आवश्यक्ता पर्‍यो भने पुल र सडक बनाउन प्रधानमन्त्रीको कार्यालयमा जाम पनि गर्न सकिनेछ । हाम्रा ठूला होइनन् । मागको सुनुवाई होस् ।’ उनले कम्युनिस्ट सरकारलाई गफाडीभन्दै जनताका मागको सुनुवाई गर्न सुझाव दिए ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत खुर्कोट– घुर्मी सडक खण्डबीच पर्ने पक्की पुल निर्माण तथा अलपत्र अवस्थामा बाँकी रहेका बाटोलाई कालोपत्रे गराउने लगायतका काम सम्पन्न गराउनका लागि प्रत्यक्ष असरमा परेका जिल्लारू सिन्धुली, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङका जनताको तर्फबाट नेपाली कांग्रेसले शनिबार कम्युनिस्ट सरकारलाई दवाव दिन सिन्धुलीको खाङसाङ बजारमा केही समय सडक अबरोध गरेको थियो । घुर्मी बजार क्षेत्रमा गाडी पार्किङका नाममा अबैध रुपमा उठाउँदै आइएको पैसा नउठाउन कांग्रेसले माग गरेको छ ।

मध्य पहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकमा पर्ने सडकहरूको टेण्डर कालोसूचीको बदनाम पप्पु कन्ट्रक्सनले लिएर ५–६ वर्षदेखि अलपत्र पारेको छ । पप्प कन्ट्रक्सनले काम गर्न नसके अरुलाई दिएर भए पनि काम गर्नुपर्ने कांग्रेसको माग छ ।

Published : Sunday, 2019 February 24, 8:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया