गोलीसहित पक्राउ परेका प्रकाण्डका ‘काण्डकारी’ छोरा रिहा

विराटनगर । विराटनगर विमानस्थलमा हतियारको गोलीसहित पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विश्वकर्मा रिहा भएका छन् ।

आइतबार जिल्ला अदालत मोरङले विश्वकर्मालाई तारेखमा रिहाइ गर्न आदेश दिएपछि प्रहरीले छाडेको हो ।

विप्लवको नेकपाले एकजनाको ज्यान जाने गरी देशभरि बम विष्फोटसहितका गतिविधि र आतंक मच्चाइ रहेका बेला बन्दुकको गोलीसहित पक्राउ परेका विश्वकर्मा रिहा भएका हुन् ।

विश्वकर्मा विप्लवको नेकपा निकटको अखिल क्रान्तिकारीको कोषाध्यक्ष समेत हुन् ।

Published : Sunday, 2019 February 24, 10:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया