यस्तो अवस्थामा भेटियो हेलिकप्टर (तस्बिर)

काठमाडौं । गृह मन्त्रालयले एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर खराब मौसमका कारण दुर्घटनामा परेको जनाएको छ ।

दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको जनाएको छ । गृहप्रवक्ता रामकृष्ण सुवेदीले बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर ७ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता सुवेदीले मौसमका प्रतिकूलताका कारण बुधबार ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको दाबी गरे । उनले दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको समेत बताएका छन् ।

घटनास्थलमा मन्त्री र मन्त्रीका पिएसओका शव चिन्न सक्ने अवस्थामा रहेको र अन्यको शव चिन्न नसकिने अवस्थामा रहेको समेत उनले बताए ।

घटनास्थलमा सेनाको एमआई १७, सिम्रिक र डाइनेष्टीका एक–एकवटा हेलिकोप्टर गएको तर अवतरण गर्न नसकेको समेत प्रवक्ता सुवेदीले बताए । घटनास्थल निकै भिरालो र अप्ठ्यारो ठाउँमा भएकोले उद्धारका लागि करिब २ घण्टा लाग्ने समेत प्रवक्ता सुवेदीले बताए ।

दुर्घटनामा परि हेलिकोप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको छ । (तस्बिर सौजन्य सामाजिक सञ्जाल)

Published : Wednesday, 2019 February 27, 5:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया