विश्वप्रकाशले यसरी सम्झिए रविन्द्र अधिकारीलाई

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हेलिकप्टर दुर्घटनामा परेर निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको निधनबाट आफू अत्यन्तै मर्माहत भएको जनाएका छन् ।

प्रवक्ता शर्माले बुधबार शोक विज्ञप्ति जारी गरेर अधिकारीसँग विद्यार्थी आन्दोलनमा गरिएको आन्दोलनको समेत स्मरण गरेका छन् ।

‘रविन्द्र अधिकारी कुनैबेला अनेरास्ववियुको अध्यक्ष छंदा म नेपाल विद्यार्थी संघको सभापति थिएँ’, शर्माले भनेका छन्, ‘दरबार हत्याकाण्ड लगत्तै नेपालको विद्यार्थी आन्दोलनलाई सानातिना विमतीबाट माथी उठाएर अलोकतन्त्रका सवालमा सम्पूर्ण एकताझ को निर्माणमा अर्को अनेरास्ववियुका अध्यक्ष मित्र राजेन्द्र राई र मसंगै रविन्द्रजीको सकृय भूमिका स्मरण गरिरहेको छु ।’

उनले भनेका छन्, ‘राजनैतिक रूपमा मेरा आदरणीय साथी रविन्द्र व्यक्तिगत रूपमा एकै परिवारका सदस्य झैँ थिए ।’

‘कल्पना सम्म गरेको थिइन यी मिलनसार मित्र रविन्द्रले यसरी अकस्मात विदाइ लिनेछन् भनेर िउहाँको निधनले मर्माहत छु, अत्यन्तै दुख लागेको छ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन्, ‘ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मित्र रविन्द्रसंगै जीवन गुमाएका सबैको आत्मा शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

Published : Wednesday, 2019 February 27, 5:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया