गगनले भने, ‘रविन्द्र दुई…त्यो आशा धेरै टिक्न सकने’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको निधनको खबरले स्तब्ध भएको जनाएका छन् ।

युवा नेता थापाले फेसबुक पेजमा स्टाटस लेखेर भनेका छन्, ‘रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भएँ, मनमा झिनो आशा थियो तर, त्यो आशा धेरै समय टिक्न सकेन ।’

‘मैले आज एक असल साथी गुमाएको छु’, उनले भनेका छन्, ‘देशले एक आशातीत नेता रविन्द्र दाई लगायत सबैमा हार्दिक श्रद्धाञ्जलि ।’

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको छ । मृत्यु भएको सबैप्रति कांग्रेसका युवा नेता थापाले श्रद्धाञ्जलि दिँदै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

हेलिकप्टर दुर्घटना भएकाहरूको शव संकलन गरेर ताप्लेजुङको सुकेटार विमानस्थलमा ल्याइएको छ ।

हिमपात भएका कारण हेलिकप्टरले उडान भर्न नसकेपछि ती शवहरूलाई सुकेटारमै राखिएका छन् । शवहरूलाई बिहीबार बिहान मौसम खुल्नेवित्तिकै काठमडौं ल्याइनेछ ।

त्यसपछि शवहरूलाई शिक्षण अस्पताल महारजागञ्जमा लगेर पोस्टमार्टम गरेर आफन्तलाई बुझाइनेछ ।

मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको शोकमा सरकारले बिहीबार सार्वजनिक विदा समेत दिएको छ ।

मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले शोक मानाउन सार्वजनिक विदा दिने निर्णय गरेको छ । हेलिकप्टर दुर्घटना छानविन गर्न सरकारले छानविन समिति पनि बनाएको छ ।

मन्त्री अधिकारीको दुर्घटनामा मृत्यु भएपछि शुभेच्छुक र विभिन्न राजनीतिक दल एवम् संघ संस्थाहरूले श्रद्धाञ्जलि दिएका छन् ।

Published : Wednesday, 2019 February 27, 10:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया