माओवादीले हत्या गरेका ‘आरण’लाई कांग्रेसले सम्झियो, देउवा गाउँमै पुग्दा खुसीयाली

मन्थली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन विद्रोही माओवादीद्वारा हत्या गरिएका कांग्रेसका महाधिवेशन प्रतिनिधि शहीद टीकाराज आरणको शालिक अनावरण गरेका छन् ।

रामेछाप जिल्लाको पुरानागाउँमा कांग्रेस सभापति देउवाले बिहीबार विशेष कार्यक्रमका बीच शहीद टीकाराज आरणको शालिक अनावरण गरेका हुन् । आरणकै पुरानागाउँमा शालिक अनावरण गरिएको हो ।

सयौँ कार्यकर्ता र स्थानीय नेताहरूका बीच कांग्रेसका सभापति देउवाले माओवादीले हत्या गरेपनि टीकराज आरणको विचार र योगदानलाई हत्या गर्न नसकेको बताए । ‘माओवादीले द्वन्द्वका बेला हज्जारौँ सर्वसाधारणको हत्या गरेका छन् ।

निर्दोष जनताको हत्या गर्नेहरूलाई जनताले दण्ड दिने छन्’, देउवाले भने, ‘द्वन्द्वका बेला माओवादीले सबैभन्दा धेरै कांग्रेसका कार्यकर्तार्लाइ दुःख दिने, हत्या गर्ने, सम्पत्ति लुट्ने, गाउँबाट निकाला गर्ने गरे । यसलाई हामीले भुलेका छैनौँ ।’

देउवाले मौका मिल्यो भने माओवादीहरूलाई कांग्रेसले शान्तिको पाठ सिकाउने बताए । उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर कांग्रेसले सहि बाटो देखाएको पनि बताए ।

माओवादीबाट हत्या गरिएका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शहीद टीकाराज आरणको १९औं स्मृति दिवसका सन्दर्भमा उनको शालिकमा जन्मभूमि रामेछापको पुरानागाउँमा श्रद्धाञ्जलि कार्यक्रम समेत राखिएको थियो ।

कार्यक्रममा रामेछापका सयौँ स्थानीय नेता तथा कार्यकर्ताहरू जम्मा भएका थिए ।

   

Published : Thursday, 2019 February 28, 10:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया