जंगल फडानी गर्ने कम्युनिस्टहरूको प्रस्ताव देउवाद्वारा अस्वीकार

धनगढी । प्रमुख विपक्षी दल नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी कुनै पनि दृष्टिले कैलालीको गोदावरी उपयुक्त हुन नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले धनगढीले शुक्रबार विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले जंगल फडानी गरेर प्रदेशको राजधानी राख्न नहुने बताए ।

‘गोदावरीको तेघरी जंगल मासेर राजधानी बनाउने कुरा उपयुक्त हुन सक्दैन’, उनले भने ।

सभापति देउवाले वर्तमान दुई तिहाईको कम्युनिस्ट सरकारले एक वर्षमा कुनै पनि महत्वपूर्ण काम गर्न नसकेको आरोप लगाए ।

कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले हालै सुदूरपश्चिमको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा कैलालीको गोदावरीलाई स्थायी राजधानी बनाउने प्रदेशसभाको निर्णयको स्वागत गरेका थिए ।

ओलीको त्यो स्वागतलाई देउवाले सिधै अस्वीकार गरिदिएका छन् । सुद्ररपश्चिम प्रदेशको कम्युनिस्ट सरकारले जंगल फडानी गरेर राजधानी बनाउन लागेपछि कांग्रेसले विरोध गर्दै आएको छ ।

Published : Friday, 2019 March 1, 11:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया