कम्युनिस्टहरूको निरंकुशताविरुद्ध कांग्रेस निकटका उम्मेदवारहरूलाई मतदान गर्न अपील

वीरगञ्ज । नेपाली कांग्रेस निकटका कानून व्यवसायीहरूको संस्था नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको तर्फबाट नेपाल बार एसोसिएसनको नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले कानूनी शासन र लोकतन्त्रिताक पद्धतिका लागि आफूहरूलाई मतदान गर्न अपील गरेका छन् ।

विभिन्न जिल्लामा आफ्नो समूहलाई मतदान गर्न आग्रह गर्दै हिँडेका डिएलएका उम्मेदवारहरूले वीरगञ्जका कानून व्यवसायीहरूसँग मत मागेका छन् । कम्युनिस्टहरूको दब्दवा रहेका बेला कांग्रेस निकटका कानून व्यवासयीहरूले समूह बनाएर बार एसोसिएसनमा उम्मेदवारी दिएका हुन् ।

‘हामी तपाईहरूको सल्लाह सुझाव मुताबिक आगामी कार्यकाललाई नेपाल बारको भविष्यलाई स्वर्णिम र सुनौलो बनाउन लागिपरेका छौं’, अध्यक्ष उम्मेदवार सुनिलकुमार पोखरेलले भनेका छन्, ‘हालसम्मको तपाईंहरूको उत्साहजनक प्रतिक्रियाले हामीलाई अघि बढ्न थप मार्गदर्शन गरेको छ ।’

पोखरेलले नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनलाई परिणाममुखी बनाउन आफूहरू निरन्तर प्रयत्नरत रहेको बताए ।

डिएलएको टिम पूर्वको झापाबाट आरम्भ भएको देश दौडाहा क्रमिक रुपमा सम्पन्न गरेर पर्सा जिल्ला आइपुगेको छ ।

‘तपाईंहरूको न्यानो स्वागतप्रति आभारी छौं । तपाईं तमाम अग्रजहरूको आशीर्वाद र मार्गदर्शन, समकालीनहरूको सुझाव र युवा तथा नवप्रवेशी आकांक्षालाई मूलधारमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं’, अध्यक्ष पदका उम्मेदवार पोखरेलले भनेका छन् ।

आसन्न नेपाल बारको निर्वाचनमा स्वन्तत्र न्यायपालिकाको रक्षा र तमाम कानून व्यवसायको हितका खातिर बृहत् लोकतान्त्रिक समूहका सम्पूर्ण उम्मेदवारहरूलाई अमूल्य मत प्रदान गरी अत्यधिक मतले विजयी गराउन डिएलएले अपील गरेको छ ।

Published : Saturday, 2019 March 2, 11:55 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया