शोकमा डुब्यो दार्चुला, नेकपाले भीआइपीहरूलाई जस्तै क्षतिपूर्ति माग्ला ?

दार्चुला । दार्चुला जिल्लामा जिप दुर्घटना हुँदा एघार जनाको मृत्यु भएपछि पूरै जिल्ला शोकमा डुबेको छ ।

म १ ज २८० नम्बरको जिप शुक्रबार राति सात बजेर ५० मिनटको समयमा राताकाठा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो । दुर्घटनामा जिपमा सवारी एघार जनाकै मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ ।

दार्चुला महाकाली नगरपालिका वडा नं. ४ बाङ्गाबगरमा दुर्घबाट दुहु गाउँपालिकातर्फ जादै गरेको जिप दुहु गाउँपालिकाको वडा नं. ३ राताकाठा भन्ने स्थानमा रोडबाट अन्दाजी २०० मिटर तल खस्न गएको थियो ।

दुर्घटनामा १ जना नाबालिका सहित ११ जनाको मृत्यु भएको र घाईते सवारी चालक दीपकसिंह धामी फेला परी उपचारको लागि भारतको पिथौरागढ रिफर गरिएको छ ।

मृत्यु हुनेमा जिल्ला दार्चुला दुहु गाउपालिका २ हिकिला बस्ने वर्ष ४१ को कल्यान सिंह बडाल, जिल्ला दार्चुला दुहु गाउपालिका २ हिकिला बस्ने वर्ष १७ की निर्मला बडाल, जिल्ला दार्चुला दुहु गाउँपालिका २ हिकिला बस्ने वर्ष ३५ की पारुली धामी, जिल्ला दार्चुला दुहु गाउँपालिका १ बस्ने वर्ष २४ को धनबहादुर बम र जिल्ला दार्चुला दुहु गाउपालिका ४ दोला बस्ने वर्ष ५५ की अम्मरा बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी, जिल्ला दार्चुला दुहु गाउपालिका ४ दोला बस्ने वर्ष ७ की आयुसा बम, जिल्ला दार्चुला दुहु गाउँपालिका १ पिपलचौरी बस्ने वर्ष ४५ की गोमती बम, जिल्ला दार्चुला दुहु गाउँपालिका १ पिपलचौरी बस्ने वर्ष ७१ की धना बम, जिल्ला बैतडी दोगडा केदार ६ सित्तड बस्ने वर्ष ६० को प्रतापबहादुर चन्द, जिल्ला बैतडी दोगडा केदार ६ सित्तड बस्ने वर्ष २१ की सिन्याहा बम तथा जिल्ला दार्चुला दुहु गाउँपालिका १ बस्ने वर्ष ५३ की मानमती बमको दुर्घटनामा मृत्यु भएको छ ।

ताप्लेजुङमा हेलिकप्टर दुर्घना हुँदा मन्त्री रविन्द्र अधिकारीसहितका भीआइपीको मृत्यु हुँदा सत्तारुढ नेकपाले सरकारसँग क्षतिपूर्तिको माग गरेको थियो ।

नेकपाले दार्चुलामा जिप दुर्घटनामा परेर मृत्यु भएकाहरूको लागि सरकारसँग क्षतिपूर्ति माग गर्छ वा गर्दैन सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।

Published : Saturday, 2019 March 2, 12:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया