अध्यक्ष साहविरुद्ध कांग्रेस–नेकपाले थाले संयुक्त आन्दोलन

आलोक यादव

सिरहा । सिरहाको लक्ष्मीपुर पतारीमा गाउँपालिकाका अध्यक्षको कार्यशैलीविरुद्ध नेपाली कांग्रेस र नेकपाका स्थानीय नेताहरू आन्दोलनमा उत्रिएको छ ।

संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका लक्ष्मीपुर पतारीका अध्यक्ष रामवलव साहले आफ्ना विपक्षी पार्टीलाई पेलेर अनियमित तरिकाले काम गर्न थालेपछि स्थानीय नेताहरू आक्रोसित भएका हुन् ।

गाउँपालिका अध्यक्ष साहले आफ्नो बहुमत रहेको भन्दै विपक्षी दलका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूको काम नगरिदिएपछि विवाद बाहिर आएको हो ।

पत्रकारले केही दिनअघि विकास निर्माण कार्यको विवरण माग गरेका थिए । अध्यक्ष साहले दिन मिल्दैन भनेर हप्काएर पठाइ दिए । त्यसपछि ती पत्रकारले सूचनाको हक बमोजिम निवेदन दर्ता गराए । कानून बमोजिम सूचना माग गर्दा गाउँपालिकाका अधिकृत रविन्द्र महतले सूचना दिन तयार भएका थिए ।

तर, अध्यक्ष साहले ‘तिमीहरूलाई दिन मिल्दैन, जानु जे लाग्छ गर्नु, यहाँका पत्रकारहरू कामका लायक छैन, कहिले मेरो त कहिले विपक्षीको छाप्छन् ।’ आक्रोशित भएर पत्रकारमाथि अध्यक्ष साहले हातपातकै प्रयास गरिएका थिए । हातपात नहुँदै विवाद साम्य भएको थियो ।

यही विवादसँगै गाउँपालिकाले गरेको आर्थिक अनियमिता सम्बन्धी समाचार आउँन थालेपछि अध्यक्ष साहले दुई दिन अगाडि पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा अध्यक्ष साहले आफूले कुनै अनियमिता नगरेको दाबी गरे ।

‘अध्यक्ष साहले गरेको भ्रष्टाचारविरुद्ध अख्तियारमा उजुरी दिएका छौं । अख्तियारलाई चाहिने सबै प्रमाण हामी दिन तयार छौँ’, स्रोतले भनेको छ ।

नेकपा र कांग्रेसको संयुक्त बैठकले गाउँपालिकाको कामकाज तथा विकास निर्माणमा भएको अनियमिता छानविनको लागि संघर्ष समिति नै बनाएका छन् । समितिको बैठक शनिबार लक्ष्मीपुर पतारीको पिपरामा बसेको छ ।

बैठकले उपभोक्ता समिति बनाउँदा सबै पक्षका प्रतिनिधि समावेश गरेर बनाउँनुपर्ने निर्णय गरेको छ ।

राजेन्द्र साहका संयोजत्वमा १३ सदस्य उपसमिति बनाइएको छ । समितिमा चतुरानन्द सिंह दनुवार, देवनारायण साह, राहुल यादवलगायत छन् ।

समितिले गाउँपालिकाको अनियमिता नरोकिए र विपक्षीलाई पेल्ने तथा हेप्ने प्रवृति नरोकिए अध्यक्ष साहविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष साहले गर्दै आएको अनियमितता रोक्न दवाव दिन समितिले गाउँपालिकामा तालाबन्दीको समेत तयारी गरेको छ ।

अध्यक्ष साहको गलत क्रियाकलापविरुद्ध एक भएका कांग्रेस र नेकपाका स्थानीय नेताहरूले गाउँपालिकाकी उपाध्यक्ष आशा यादवलाई बरु जिम्मेवारी दिएर विकास गर्नुपर्ने बताउन थालेका छन् ।

पोखरभिन्डाका विष्णुदेव यादवलाई कुटपिट गर्दा स्थानीय सयौंको संख्याले फागुन १८ गते गाउँपालिका अध्यक्ष साहलाई कार्यकक्षमै तीन घण्टा घेरा हालेका थिए ।

वडा नं. ६ का अध्यक्ष राजेश्वर साह पनि अध्यक्षसंग रिसाएका छन् । गाउँपालिकाका अध्यक्ष साहले सधैँ हस्तक्षेप गरेर आफूलाई काम गर्न नदिएको वडाध्यक्ष साहले बताए ।

Published : Sunday, 2019 March 3, 11:00 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया