केसीलाई कारबाहीको माग, कांग्रेसका जिल्ला सभापतिहरुको नामको दुरुपयोग

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जिल्ला सभापतिहरुको नाम दुरुपयोग गरेर सभापति शेरबहादुर देउवाविरुद्ध हस्ताक्षर नै नभएको विज्ञप्ति जारी गरेर पार्टी हित विपरितको कार्य गरेका छन् ।

नुवाकोटका सभापति केसीले मंगलबार ५६ जना जिल्ला सभापतिहरुको नामसहितको संयुक्त विज्ञप्ति भन्दै आफ्नो फेसबुक वालमा राखेका छन् । ५६ जिल्ला सभापतिहरुमा देउवा निकटका जिल्ला सभापतिहरुको पनि नाम रहेको छ ।

कुनै पनि जिल्ला सभापतिहरुले विज्ञप्तिमा हस्ताक्षर गरेका छैनन् । नुवाकोट सभापति केसीले कांग्रेस र सभापति देउवाविरुद्ध भ्रम फैलाउने गरेर पदको दुरुपयोग गरी विज्ञप्ति जारी गरेकोमा आलोचना बढेको छ ।

केही सभपातिहरुले आफूहरुको नाम दुरुपयोग गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले नामको दुरुपयोग गर्नेलाई कारबाहीको माग गरेका छन् ।

समावेशी र महासमिति सदस्य बन्ने विषयमा विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्‍याएर अवसर नदिने सम्बन्धि व्यवस्थाको माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

तर, केन्द्रीय कार्यसमितिले यो मागलाई महासमिति बैठकमा लगेको थिएन । महासमिति बैठकमा प्रवेश नै नभएको विषयलाई नुवाकोटका सभापति केसीले उट्पट्याङ कुरा उठाएर कांग्रेसलाई असर पार्ने कार्य गरेको आरोप छ ।

रामचन्द्र पौडेल निकटका मानिने नुवाकोटका सभापति केसीले देउवा निकटका जिल्ला सभापतिहरुको नाम समेत विज्ञप्तिमा राखेपछि यसको आधिकारिकताका विषयमा गम्भीर प्रश्न उठेको छ ।

केसीले लीलादेवी बोखिम — ताप्लेजुङ, नरेन्द्रकुमार केरुङ्ग — पाँचथर, हिमालय कर्माचार्य — ईलाम, उद्धव थापा — झापा, गोविन्द ढुंगाना — तेह्रथुम, नन्दमणि राई — भोजपुर, नरेशकुमार श्रेष्ठ — खोटाङ, विनोद बस्नेत — सोलुखुम्बु, राजीव कोइराला — सुनसरी, डिगबहादुर लिम्बु — मोरङ, बिदुर बस्नेत — उदयपुर, दीपेनकुमार श्रेष्ठ — संखुवासभाको नाम विज्ञप्तिमा राखेका छन् ।

हस्ताक्षर नभएको विज्ञप्तिमा कृष्णदेव यादव — रौतहट, अजय दुवेदी — पर्सा, उज्जल बराल — सिन्धुली, मधु आचार्य — काभ्रे, लवश्री न्यौपाने — रामेछाप, विकास लामा — सिन्धुपाल्चोक, जगदीश्वर नरसिंह केसी — नुवाकोट, दुर्लभ थापा — भक्तपुर, सबुज बानियाँ — काठमाडौं, पेम्बा छिरिङ्ग लामा — रसुवा, रमेश धमला — धादिङ, जितनारायण श्रेष्ठ — चितवन रहेका छन् ।

बैकुण्ठ न्यौपाने — तनहुँ, कृष्ण केसी — कास्की, खम्ब गर्बुजा —म्याग्दी, यङ्गजीङ्ग बिष्ट — मुस्ताङ, कुमार राणा — स्याङजा, विष्णुप्रसाद लामिछाने — नवलपुर, भेषबहादुर पौडेल — लम्जुङ्ग, हरिबहादुर घले — गोरखा रहेको नाम विज्ञप्तिमा रहेको छ ।

अर्जुन पोखरेल —परासी, बीरबहादुर राणा — पाल्पा, भुवन श्रेष्ठ — गुल्मी, विष्णुप्रसाद खनाल (मुस्कान) — अर्घाखाची, सुरेन्द्रप्रसाद आचार्य — कपिलवस्तु, अम्मरप्रसाद भण्डारी — प्यूठान, अमरसिंह पून — रोल्पा, केशरमान रोका —पूर्व रुकुम, किरण कोइराला —बाँक, संजय गौतम — बर्दियाको नाम विज्ञप्तिमा उल्लेख छ ।

खड्गबहादुर शाही — मुगु, दीपबहादुर शाही — जुम्ला, हर्षबहादुर बम — कालिकोट, कृष्णकुमार बिसी — दैलेख, कमलराज रेग्मी — सुर्खेत, प्रेमप्रकाश ओली — पश्चिम रुकुम, गणेशबहादुर चन्द — सल्यान, दीपकजंग शाही — जाजरकोट, जयपति रोकाया —हुम्ला र अंगत बुढा — डोल्पा रहेका छन् ।

कर्णबहादुर मल्ल — डडेल्धुरा, ललितसिंह बोहरा — दार्चुला, नरेन्द्रसिंह थापा — बैतडी र हर्कजंगबहादुर सिंह — बझाङ्गको नाम हस्ताक्षर नभएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2019 March 5, 3:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया