कांग्रेसका खतिवडाले सुने यी वृद्धको बेदना

ओखलढुंगा । ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिकाका एकजना वृद्धाले नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडालाई भेटेपछि आफ्ना बेदनाहरू पोखेका छन् ।

सुनकोशी गाउँपालिका वडा नम्बर १ वर्ष ७६ का श्यामलाल लुइँटेलले केही दिन अगाडि गाउँमा आएका खतिवडासँग आफ्ना मनका कुराहरू राखेका थिए । राम्रोसँग आँखा देख्न नसक्ने र कम सुन्ने लुइँटेलले राज्यका तर्फबाट केही हुन नसकेको भन्दै आफ्ना स–साना व्यक्तिगत कुरा पूरा गरिदिन आग्रह गरेका थिए । खतिवडाले पनि ७६ वर्षीय लुइँटेलको इच्छा पूरा गरिदिने बाचा गरेर गाउँबाट फर्किएका उनका सहयोगी हुकुम राईले जानकारी दिएका छन् ।

जिल्लाबाट निर्वाचित सांसद तत्कालीन एमाले र हालका नेकपाका सांसद यज्ञराज सुनुवारले जनताका कुरा सुन्न छाडेपछि गाउँका निमुखाहरूले खतिवडासँग आफ्ना गुनासाहरू राख्ने गरेका छन् । खतिवडा महिनामा कम्तिमा छ पटकसम्म आफ्नो गृहजिल्ला ओखलढुंगामा जाने गरेका छन् । कुनै बेला खतिवडा हप्तामा दुई पटकसम्म पनि जिल्ला पुग्ने गरेको उनका सहयोगी राईले जानकारी दिए ।

जिल्लाबासीले बोलाउने कुनै पनि कार्यक्रम खतिवडाले छुटाउँदैनन् । सानाभन्दा साना कार्यक्रम र दुर्गम गाउँसम्मै पुगेर सबैसँग घुलमिल गर्ने कारणले पनि कांग्रेसका युवा नेता खतिवडालाई भेट्नेवित्तिकै ओखलढुंगाका युवादेखि वृद्धवृद्धाहरूले आफ्ना गुनासाहरू पोखिहाल्छन् ।

ओखलढुंगाका स्थानीयको पीडा देखेपछि कांग्रेसका युवा नेता खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू यो पाका व्यक्ति डाको छोडेर आँशु झार्ने तपाईंको जनता ओखलढुङ्गा जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर १ का ७६ वर्षीय श्यामलाल लुइँटेल हो । यो त एक उदारहण मात्रै हो । यस्ता लाखौं लाख तपाईंको गरिब सोँझा जनताहरू साना–साना कुराहरूमा आफ्नो अमूल्य आँशुहरू झारिरहेका छन् ।’

‘तपाईंको पानीजहाज, रेल र ठूला–ठूला सपनाहरू आवश्यक छन् । तर त्योभन्दा बढी दुर्गाम गाउँहरूमा गरिबीले पिल्सिएको जनताहरूको यि आँशुहरूलाई यद गर्ने गर्नुस्’, खतिवडाले भनेका छन्, ‘कांग्रेसको पलामा आएको ६५ वर्ष पुगेकोलाई ५ हजार भत्तादेखि लोकप्रिया कार्यक्रमलाई कांग्रेसको मात्रै नसम्झिएर यि रात दिन आँशु झारिरहने पाकाहरूको हो सम्झना रहोस् ।’

प्रतिनिधि सभा निर्वाचनमा ओखलढुंगाबाट तत्कालीन एमालेबाट यज्ञराज सुनुवार विजयी भएका थिए । सांसद सुनुवार गाउँमा खासै नजाने गरेको स्थानीयको गुनासो छ ।

आफूले जिताएर पठाएका सांसदलाई नभेटेपछि गाउँका जनताले सुनुवारसँग पराजित भएका कांग्रेसका नेता खतिवडासँग आफ्ना पीडा र मर्काहरू राख्ने गरेका छन् । खतिवडाले पनि आफूले भ्याएसम्म ओखलढुंगाको विकास र जनताका पीरमर्काहरू पूरा गर्ने गरेका छन् ।

Published : Wednesday, 2019 March 6, 9:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया