राष्ट्रपतिको राजतन्त्रात्मक शैलीको सवारीविरुद्ध जनताले गरे पहिलो पटक विद्रोह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी राजतन्त्रात्मक शैलीको भन्दै काठमाडौंको जनताले सडक अबरोध गर्ने कार्यको सर्वसाधारणहरूले अवज्ञा गरिदिएका छन् ।

मंगलबार राति सैनिक मुख्यालयमा आयोजित सम्मान तथा भोज कार्यक्रममा जाने क्रममा शीतल निवासदेखि भद्रकाली सैनिक मुख्यालयसम्मको सडक खाली गराइएको थियो ।

काठमाडौंका जनताले पहिलो पटक गणतन्त्र नेपालको इतिहासमा भीभीआइपीहरूको नाममा हुने सवारी आवागमन अबरोध गर्ने कार्यको विरोध गर्दै अवज्ञा गरेका हुन् ।

सैन्य दिवसको अवसरमा जंगी अड्डामा मंगलबार सम्मान भोज राखिएको थियो । त्यही भोजमा जानका लागि राष्ट्रिपति भण्डारीलाई सडक खाली गराइएको थियो ।

राष्ट्रपतिको ‘सवारी’को नाममा लामो समयसम्म उनी हिँड्ने भनिएको रुटमा यातायात अवरुद्ध पारिएपछि आजित बनेका आमजनताले लैनचौर क्षेत्रमा त्यसको अवज्ञा गरेर विद्रोह गरेका छन् ।

काठमाडौंका जनताले प्रहरीले बनाएको निषेधलाई तोडिदिएका छन् । ट्राफिक प्रहरीले रोक्दारोक्दै पनि उनीहरू रोकिएनन् ।

राष्ट्रपतिको सवारीको नाममा लादिएको सवारी आवागमनमाथिको अस्थायी निषेधलाई सर्वसाधारण जनताले तोडेर प्रदर्शन गरेको मंगलबारको विद्रहले कम्युनिस्ट सत्तामाथि ठूलो प्रश्न उब्जाइदिएको छ । कम्युनिस्टहरू भनेका विलासी हुँदैनन्, जनताका कुरा बुझ्न सक्छन् भन्ने कुरामाथि सर्वसाधारणहरूले विभिन्न खालका टिकाटिप्पणी गरिदिएका छन् ।

भीभीआइपीहरूको सवारीको नाममा राज्यसत्ताको दुरुपयोग गर्दै घण्टौँ अघिदेखि सडकमा सुरक्षाकर्मीहरूलाई तैनाथ गरेर आम जनतालाई दुःख दिने कार्यको सबैले विरोध गर्दै आएका थिए । तर, मंगलबार जनताले लैनचौरमा गरेको विद्रहलाई कम्युनिस्ट सत्ताले कसरी लिन्छ हेर्न बाँकी छ ।

पञ्चायतकालमा पनि राजाहरूको सवारीका नाममा लामो समयसम्म सडक अबरोध हुन्थ्यो । त्यो अबरोधले जनता आजित थिए । तर, आफैले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि राजाकै शैलीहरू दोहोरिन थालेपछि सर्वसाधारणको धैर्यको बाँध टुट्नु स्वभाविक भएको सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ ।

राष्ट्रपति भण्डारीको सवारीका लागि लैनचौरमा ट्राफिक प्रहरीले गरेको अवरोधलाई अवज्ञा गर्दै सर्वसाधारणहरूले सवारी साधन चलाएको भिडियो सामाजिक सञ्जालभरि भाइरल बनेको छ ।

Published : Wednesday, 2019 March 6, 12:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया