कांग्रेसका ‘कमाण्डर’ पार्टी बनाउन हिँडे, ४ जिल्लाका कार्यकर्तासँग भेट्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक हप्ताको भ्रमणमा निस्कने भएका छन् ।

सभापति देउवा फागुन २३ गतेदेखि २८ गतेसम्म जिल्ला भ्रमणमा निस्कन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलद्वारा जारी विज्ञप्तिमा सभापति देउवा बिहीबार ११ बजे प्रदेश नम्बर १ को मोरङ जिल्ला प्रस्थान गर्नेछन् ।

त्यहाँबाट उनी कास्की, म्याग्दी, पर्वत र बागलुङ आयोजना हुने पार्टीका कार्यक्रममा सहभागी हुन पुग्नेछन् ।

 

फागुन २२, २०७५

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री मा. शेरबहादुर देउवाज्यूको जिल्ला भ्रमण कार्यक्रम देहाय बमोजिम रहेको जानकारी गराईन्छ ।

२०७५ फागुन २३ गते ड्ड विहान ११ः१५ वजे काठमाडौंबाट बुद्ध एयरको उडानद्वारा विराटनगर प्रस्थान ।

– वीरेन्द्र सभा गृहमा सृष्टि पत्रिकाको वार्षिकोत्सवको उद्घाटन ।

– मोरङ्ग जिल्लाबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बीच छलफल कार्यक्रममा सहभागी ।

– जिल्लाबाट निर्वाचित माननीय सांसदहरुसंग छलफल कार्यक्रममा सहभागी ।

– दिनको ४ः१५ बजे बुद्ध एयरकै उडानबाट काठमाडौं फर्कनु हुने ।

२०७५ फागुन २४ गते – दिउँसो २ः१५ बजे वुद्ध एयरको उडानद्वारा पोखरा प्रस्थान गर्नु हुनेछ । (रात्रि मुकाम, पोखरा) ।

२०७५ फागुन २५ गते – विहान ९ बजे पोखराबाट हेलिकोप्टरद्वारा म्याग्दीको सिंहा तातोपानी प्रस्थान । म्याग्दीको सिंहा तातोपानीबाट सडक मार्ग हुँदै वेनी बजार प्रस्थान ।

– नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवनको उद्घाटन । सभालाई सम्बोधन । (रात्रि मुकाम : वेनी बजार)

२०७५ फागुन २६ गते – विहान ९ बजे वेनीबाट सडक मार्ग हुँदै पर्वतको जलजला गाउँपालिकाको मिलनचोक प्रस्थान । नेपाली कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलन्याश ।

– सडक मार्ग हुँदै बाग्लुङको सदरमुकाम बाग्लुङबजार प्रस्थान । कार्यकर्ता भेलालाई सम्बोधन ।

– (रात्रि मुकाम : बाग्लुङ बजार)

२०७५ फागुन २७ गते – विहान ९ बजे बाग्लुङ सदरमुकामबाट सडक मार्ग हुँदै पर्वतको कुश्मा प्रस्थान ।

– नेपाली कांग्रेस पर्वत जिल्लाको जिल्ला सम्मेलनलाई सम्बोधन ।

– कार्यक्रम समाप्ति पछि सडक मार्ग हुँदै कुश्माबाट पोखरा प्रस्थान ।

– (रात्रि मुकाम : पोखरा)

२०७५ फागुन २८ गते – विहान हवाई मार्ग हुँदै काठमाडौँ फर्कने ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Published : Wednesday, 2019 March 6, 9:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया