कांग्रेसको केन्द्रीय समिति बैठक चैतको पहिलो हप्ता बस्ने

काठमाडौं । आन्तरिक संगठन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चैतको ४ गते बस्ने भएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते सोमबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्य सचिव पौडेलले जनाएका छन् ।

अघिल्लो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले बहिस्कार गरेपछि बस्न सकेको थिएन ।

सभापति शेरबहादुर देउवाले असन्तुष्ट समूहका नेताहरूसँग आन्तरिक परामर्श थालेपछि बैठक आह्वान गरिएको हो । चैत ४ गतेसम्म देउवाले सबै विवाद मिलाउने तयारी थालेका छन् ।

Published : Thursday, 2019 March 7, 1:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया