वाइड बडी घोटालाका दोषीले छुट पाउँदैनन्ः देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताएका छन् ।

विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले पार्टीको अधिवेशन तोकिएको समयमा हुने जानकारी दिए ।

सभापति देउवाले हालै भएको चाक्सीबारी बैठक सामान्य कुरा भएको र साथीहरूबीच छलफल हुनु कुनै अनौठो नभएको प्रतिक्रिया दिएका छन् ।

डा. शेखर कोइरालालाई पार्टी नेतृत्वका सम्बन्धमा जथाभावी नबोल्न आग्रह गरेको आफूले वीरगञ्जमा जवाफ दिएको देउवाले बताए ।

‘पार्टीको नेतृत्वमा कोइराला आउन नपाउने वा चुनावमा उठ्नै नपाउने कुरा कहीँ कतै गरेको छैन’, उनले भनेका छन् ।

डा.कोइरालालाई बोलेको आधारमा अनुशासनको कारवाही नहुने देउवाको भनाइ थियो । जिल्ला सभापतिहरूले विशेष महाधिवेशन गर्नुपर्ने मागसम्बन्धी लिखित जानकारी अझसम्म नआएको जानकारी दिए ।

उनले वाइड बडी विमान खरिदबारे प्रधानमन्त्री खड्गप्रसाद ओली स्वस्थ भएपछि छलफल गर्ने बताए । विमान खरिदका दोषीलाई कारबाही गर्न कांग्रेसले दवाव दिने देउवाले बताएका छन् ।

उनले नेविसंघको तदर्थ समिति चाँडै गठन गरिने हुने बताएका छन् । नेविसंघ बनाउने बारेमा कुराकानी भैरहेको देउवाले बताए ।

Published : Friday, 2019 March 8, 11:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया