कार्यकर्ता भेट्न हिँडे रामचन्द्र पौडेल, एक हप्ता जिल्लामै रहने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शनिबारदेखि गण्डकी र प्रदेश ५ का विभिन्न जिल्ला दौडाहामा निस्कने भएका छन् ।

नेता पौडेलको शनिबार जिल्ला दौडाहामा निस्केर चैत १ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ । पौडेल चार नम्बर प्रदेशका म्याग्दी, बाग्लुङ, कास्कीमा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

प्रदेश ५ का पश्चिम नवलपरासी, अर्घाखाँची र कपिलबस्तुमा पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् ।

क. २०७५ फागुन २५ गते

१. बिहान पोखरा हुँदै म्याग्दी प्रस्थान ।

२. नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवनको उदघाटन कार्यक्रम सभालाई सम्बोधन ।

ख. २०७५ फागुन २६ गते

१. बिहान ९ः०० बजे बागलुङबाट बेनी हुँदै पर्वतको जलजला गाउँपालिकाको मिलनचोक प्रस्थान ।

२. नेपाली कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलन्याश कार्यक्रममा सहभागी ।

३. बिहान ११ः३० मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीको आयोजनामा नवनिर्वा्चित प्रेस युनियनका पदाधिकारी तथा सदस्यहरुसँग भेटघाट ।

ग. २०७५ फागुन २७ गते

१. नेपाली कांग्रेस जिल्ला कार्यसमिति परासीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन ।

घ. २०७५ फागुन २८ गते

१. दिनको १ः०० बजे शीतगंगा नगरपालिका ढाडावासमा ज्योति बहुमुखि क्याम्पसको धार्मिक महोत्सवलाई सम्बोधन ।

२ दिनको ३ बजे सन्धीखर्क नगरपालिका वडा नं. ६ नरपानी मा वीपी पार्क शिल्यान्यास र वडा कार्यालय भवन शिल्यानाश ।

३. साँझ ६ बजे सन्धीखर्कमा पत्रकार सम्मेलन

ङ. २०७५ फागुन २९ गते

१. बिहान ८ बजे महिला संघ अर्घाखाँचीको भेटघाट कार्यक्रमलाई सम्बोधन ।

२. दिने १२ः३० बजे छत्रदेव गा.पा. वडा नं. ४ मा शहिद रामहरी ज्ञवाली, शहीद शिवलाल पोखरेल, शहीद पदम लोचन श्रेष्ठको सालिक अनवरण त्यसपछि शहीद रा.शि.प. स्मृति भवन उदघाटन ।

३. दिनको १ बजे आसभालाई सम्बोधन ।

च. २०७५ फागुन ३० गते

१. नेपाल महिला संघ कपिलवस्तुको आयोजनामा हुने आमसभालाई सम्बोधन

छ. २०७५ चैत १ गते

१. कपिलवस्तुका विभिन्न स्थानहरूमा कार्यकर्ता भेलालाई सम्बोधन । सोही काठमाडौं फर्कने ।

Published : Friday, 2019 March 8, 11:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया