काठमाडौंमा नै पूर्वएमालेका नेताको घरमा पड्कियो बम

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष एवम् पूर्वएमालेका नेता रोहण गुरुङको घरमा बम विष्फोट भएको छ ।

काठमाडौंको बसुन्धरास्थित घरमा शुक्रबार साँझ अपरिचित समूहले बम विष्फोट गराएर क्षति पुर्‍याएको छ । स्रोतका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले गुरुङको घरमा बम विष्फोट गराएको आशंक गरिएको छ ।

शुक्रबार साँझ साढे ७ बजेतिर ठूलो आवाजसहित बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षति भएको छ ।

बम विष्फोटबाट आसपासका घरका सिसा समेत फुटेका छन् । विस्फोटपछि कारमा आगलागी भएको छ ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार घरमा पार्किङ गरेर राखिएको कारमा नै बम विस्फोट भएको छ ।

तत्कालीन एमालेबाट गुरुङले संघमा अध्यक्षको उम्मेदवारी दिएका थिए । अध्यक्ष गुरुङ हाल सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सक्रिय छन् । उनी वैदेशिक रोजगार व्यवसायमा पनि क्रियाशील छन् ।

Published : Friday, 2019 March 8, 9:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया