कांग्रेसका सांसद डा.सिंह र प्रध्यापक जोशीबीच विवाह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले विवाह गरेका छन् ।

डा.सिंहले शनिबार ललितपुरको बगलामुखी मन्दिरमा प्रध्यापक लक्ष्मी जोशीसँग विवाह गरेका हुन् । दुबैको यो दोस्रो विवाह हो ।

सर्लाही मूलघर भएका सिंहले कञ्चनपुर घर भएकी जोशीसँग विवाह गरेको आफन्तले जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गराउँदै आएकी थिइन् । पहिलो घर बिग्रिएपछि एक दशकदेखि जोशी एक्लै बस्दै आएकी थिइन् ।

लक्ष्मी र डा.सिंहबीच केही वर्षअघि चिनजान भएको थियो । पछि उक्त चिनजान मित्रतामा रूपान्तरित भएको र अहिले मित्रता वैवाहिक जीवनमा बदलिएको छ ।

सांसद डा.सिंहको यसअघि २०६४ सालमा झापाकी एक युवतीसँग विवाह भएको थियो ।

ती युवतीसँगको वैवाहिक जीवन चल्न नसकेपछि २०६७ सालमा उनीहरूको सम्बन्ध बिच्छेद भएको थियो ।

सांसद डा.सिंह विगत नौ वर्षदेखि एकल जीवन बिताउँदै आएका थिए ।

डा.सिंह र जोशीको वैवाहिक कार्यक्रममा दुबैको परिवारबाट सीमित व्यक्तिहरूको मात्रै सहभागिता रहेको थियो ।

Published : Saturday, 2019 March 9, 10:39 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया