तातोपानीमा देखियो देउवा–पौडेलको दोस्ती, कार्यकर्ताहरू मख्ख

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले म्याग्दी जिल्लाको तातोपानी कुण्डमा एकसाथ नुहाएका छन् ।

शनिबार तातोपानी कुण्डमा देउवा र पौडेलले एकसाथ नुहाएर पार्टीभित्रको तिक्तता भुल्ने प्रयास गरेका छन् । तातोपानी कुण्डमा नुहाउने बेला देउवा र पौडेलले राजनीति कुराकानी नगरे पनि कुण्डको प्रशंसा गरेका थिए ।

उनीहरूले प्राकृतिक रुपमा नेपालले यति ठूलो बरदान पाएको भन्दै पर्यटनका लागि विकास गर्नुपर्ने बताएका थिए ।

देउवा र पौडेल आफ्नो राजनीतिक असमझदारी बिर्सिएरसँगै म्याग्दीको तातोपानीमा पुगेको घटनाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा उत्साह थपेको छ ।

दुई नेताहरू तातोपानी कुण्डमा डुबिरहेको तस्वीर सार्वजनिक भएको छ । तस्वीरमा देउवाको शरीरमा जनै देखिएको छैन । पौडेलले भने जनै लगाएका छन् ।

देउवा र पौडेल हिन्दू भएपछि देउवाले जनै लगाएका छैनन् । तर, दुबैले धर्मलाई मान्छन् । जनैसहित देखिएका पौडेल कट्टर हिन्दूवादी हुन् भन्ने संकेत गरेको छ । सभापति देउवा धर्मकर्म मानेपनि जनै लगाउनुपर्छ भन्ने मान्यता राख्दैन उनी उदार छन् भन्ने संकेत गरेका छन् ।

नेपाली कांग्रेसका सभापति देउवासहितका नेताहरू म्याग्दीको सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उदघाटन तथा आमसभालाई सम्बोधन गर्न पुगेका हुन् । देउवासँगै वरिष्ठ नेता पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा पनि बेनी पुगेका छन् ।

नेताहरू हेलिकप्टरमार्फत बेनी पुगेका हुन् । सिङ्गा तातोपानी कुण्डमा पुगेका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गरेका थिए ।

नेताहरुले कुण्डको अवलोकनसँगै स्नानसमेत गरेका छन् । उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पु¥याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताएका छन् ।

तातोपानीमा नेताहरूलाई कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले कुण्डको अवस्था र महत्वका बारेमा जानकारी गराएका थिए ।

उनीहरूलाई कुण्ड व्यवस्थापन समिति र स्थानीयवासीले स्वागत समेत गरेका थिए ।

कांग्रेसको उदघाटन गरिने भवन संगम चोकमा ५१ लाख ३७ हजार ७५० मा जग्गा खरिद गरी २९ लाख ५९ हजार ४२५ लगानीमा निमार्ण गरिएको छ ।

Published : Saturday, 2019 March 9, 6:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया