‘तारा हैन, जुनै झारिदिउँला’, ‘ठट्टैमा जान लाग्यो यो जोवन’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद डा.मीनेन्द्र रिजालले सीके राउतसँग गरिएको सहमतिका केही बुँदामा सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै डा.रिजालले सीके राउतले मधेश आन्दोलनको क्रममा जनमत संग्रहमा सरकार सहमत भएको भन्ने विषयमा सरकारलाई ध्यानाकर्षण गराए । उनले सहमतिको बुँदा नम्बर २ मा आशंका रहेको बताए ।

कांग्रेसका सांसद डा.रिजाल यस विषयमा सरकारले उत्तर नदिइकन उम्कन नपाउने पनि बताए ।

‘नेपालको संविधानले भनेझैँ नेपाल अविभाज्य हो, भौगोलिक अखण्डतामा जनमत सङ्ग्रह हुन सक्दैन तर त्यसमा जनमत सङ्ग्रह गराउने सहमति भएको छ भनेर सीके राउत भन्नुहुन्छ’, डा.रिजालले भने, ‘यसको उत्तर नदिइकन सरकार उम्कन पाउँदैन ।’

डा.रिजालले नेपालको अर्थतन्त्रमा कुनै सुधार नभएकोमा सरकारको ध्यानाकर्षण गराए । उनले प्रतिपक्षी सरकार पनि नेपालको अर्थतन्त्र विकासमा साथ दिने बताए ।

उनले ‘तारा हैन, जुनै झारिदिउँला’ र ‘ठट्टैमा जान लाग्यो यो जोवन’ भन्दै सरकारको व्यङग्य गरेका छन् ।

Published : Sunday, 2019 March 10, 5:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया