जनकपुरमा सीके राउतको ताण्डबप्रति गृहमन्त्रीले दिए प्रतिक्रिया

बुटवल । गृहमन्त्री रामबहादुर थापाले सीके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई अन्तिम विदाई कार्यक्रमका रुपमा ब्याख्या गरेका छन् ।

भैरहवामा सोमबार पत्रकारहरूसँग कुरा गर्दै सीके राउतको स्वागतमा नभई विदाईका लागि स्वतन्त्र मधेसको नारा लागेको दाबी गरे ।

‘सरकारसँग भएका सहमति कार्यकर्तालाई सम्प्रेषण गर्न नभ्याएकाले त्यस्तो हुन गएको हुनसक्छ’, उनले भने, ‘त्यो अन्तिम विदाईको कार्यक्रम हो ।’

शान्ति सुरक्षाका लागि खतरा रहेको स्वतन्त्र मधेस गठवन्धनलाई मूलधारमा ल्याउन सरकार सफल भएको गृहमन्त्री थालो दाबी गरेका छन् ।

थापाले मुलुक विखण्डन गर्ने विषयमा जनमत संग्रहको व्यवस्था संविधानमै नभएको बताए । राजनीतिक विषयमा जनमत संग्रह हुनसक्ने भएपनि संसदको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने प्रष्ट पारेका छन् ।

गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपालाई अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन आग्रह गरेका छन् ।

उनले विप्लव नेतृत्वको नेकपा वार्तामा नआए शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिवद्ध रहेको बताए । थापाले भने, ‘राज्यविरोधी, संविधान विरोधी तत्वबाट शान्ति सुरक्षामा चुनौती दिन खोजिएको छ । त्यस्ता तत्वलाई नियन्त्रण र निस्तेज गर्ने प्रकृया अघि बढाइसकेको छ ।’

Published : Monday, 2019 March 11, 11:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया