वाइडबडी काण्डमा पर्वतबाट खतिवडाको गम्भीर खुलासा, ओलीलाई तनाब

पर्वत । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले वाइड बडी जहाज खरिद प्रकरणमा कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई मुद्धा लगाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस पर्वतले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद समेत रहेका युवा नेता खतिवडाले जहाज खरिदमा पर्यटनमन्त्री रविन्द्र अधिकारी दोषी रहेको बताए ।

उनले संसदको लेखा समितिले ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको भनेर ठहर गर्दा पनि प्रधानमन्त्री ओलीले तत्कालीन मन्त्री अधिकारीलाई निर्दोष रहेको भनेर दिएको अभिव्यक्तिको आलोचना गरे ।

‘लेखा समितिले निर्णय गरेर पठाएको प्रधानमन्त्री ज्यूले अर्को आयोग गठन गरेर भ्रष्टचारीलाई लुकाउन खोज्नु भएको छ । माननीय मन्त्री रबिन्द्र अधिकारीको मृत्युपछि रबिन्द्र अधिकारीको संलग्न नरहेको अभिव्यक्ति दिनु गलत छ’, उनले भने, ‘रबिन्द्र अधिकारीको संगलग्न छैन भने प्रधानमन्त्री स्वायं भ्रष्टचारी हो । प्रधानमन्त्री ओलीलाई वाइड बडी काण्डमा कारबाही गर्नुपर्छ ।’

वाइडबडी घोटालामा कांग्रेसका नेता खतिवडाले ओलीको नाम मुछेपछि कम्युनिस्ट सरकारलाई तनाव बढेको छ । खतिवडाले वाइडबडी काण्डबारे दिएको अभिव्यक्तिले बालुवाटारलाई पनि तनाब बढाइदिएको छ ।

उनले बिखण्डनकारी सीके राउतलाई बैधानिकता दिने कम्युनिस्ट सरकारलाई जनताले नङग्याउने बेला आएको बताए । उनले भने, ‘पीके र सीकेलाई लिएर हिँडेको केपी सरकार आफ्नै कारणले अफ्ठेरो परेका छन्’, उनले भने ।

पर्वत जिल्ला कार्यसमिति पर्वद्धारा आयोजित जिल्ला सम्मेलन तथा श्रदान्जली सभालाई सभापति शेरबादुर देउवासहितका नेताहरुले सम्बोधन गरेका थिए ।

Published : Monday, 2019 March 11, 8:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया