ओली दाहालकाे हत्या याेजना, सरकारले लियाे एक्सन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केपी ओली र प्रचण्डको हत्या गर्ने योजना बनाएको रहस्य बाहिर आएको छ ।

ओली आफैैैैले आफूलाई मार्न मान्छे खटाएको दाबी गरेका छन् । प्रधानमन्त्रीको दाबीपछि क्याबिनेटले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नै सुरक्षामाथि गम्भीर खतराको संकेत गरेलगत्तै गृहमन्त्री रामबहादुर थापाको प्रस्तावमा विप्लवको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय क्याबिनेटले गरेको छ ।

ओलीले मन्त्रीहरुको ध्यान आकृष्ट पार्दै विप्लवले प्रचण्ड र आफ्नो हत्या गर्न मानिस खटाएको सूचना सरकारले प्राप्त गरेको सुनाएको एक मन्त्रीले बताए ।

पक्राउ परेका कार्यकर्तामार्फत सुरक्षा निकायले हत्यासम्बन्धी लिखित निर्णय नै प्राप्त गरेको प्रधानमन्त्रीलाई उधृत गर्दै स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले जनपथबाट नभएर गुप्तचर निकायबाट पनि त्यस्तो सूचना प्राप्त गरेका हुन सक्छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई पनि आफ्नै मातहतमा राखेका छन् ।

ललितपुरस्थित एनसेलको टावर अगाडि एकजनाको ज्यान जानेगरी भएको बम विस्फोटपछि प्रहरीले विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेलसमेत तीनजना पक्राउ परेका थिए ।

Published : Wednesday, 2019 March 13, 7:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया