कांग्रेस लोकतन्त्र बचाउने लडाइँमा कम्युनिस्टसँग एक्लै भिड्छः गगन थापा

सन्धिखर्क । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले मधेशको बिखण्डनकारी शक्तिसँगको सम्झौता र एउटा राजनीतिक शक्तिलाई प्रतिबन्ध लगाउँदा वर्तमान शक्तिशाली कम्युनिस्ट सरकारले प्रमुख विपक्षी दलसँग सरसल्लाह नै नगरेको भन्दै आपत्ति जनाएका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा नेपाल महिला संघको प्रशिक्षण तथा भेला कार्यक्रमलाई बुधबार बिहान सम्बोधन गर्दै युवा नेता थापाले दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकारले यति ठूला महत्वका निर्णय गर्दा कांग्रेसलाई एक पटक पनि नसम्झिएको बताए ।

‘मधेशको एउटा बिखण्डनकारीसँग यो सरकारले सम्झैता गरेको छ । अर्को राजनीतिक शक्तिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ’, उनले भने, ‘यस्ता महत्वपूर्ण निर्णय गर्दा सरकारले नपाली कांग्रेस पनि छ भन्ने ठानेन । सामान्य सम्वाद र छलफल गरेन ।’

प्रधानमन्त्री खड्गप्रसाद ओलीको लडह र सनकको भरमा यत्रो ठूला निर्णयहरु भएको भन्दै कांग्रेसका युवा नेता थापाले आपत्ति जनाए । उनले भनेका छन्, ‘ओलीको लहड र सनकले चलेको यो मुलुकमा थप समस्या सिजर्ना गरेको छ ।’

थापाले चुनवामा जितहार हुने भन्दै कांग्रेसले अहिले चुनाव हारे पनि फेरि पनि चुनाव जित्ने बताए । ‘अहिले हारेका छौँ । अर्को पटक चुनाव जित्छौं’, उनले भने, ‘जुन शक्ति (कम्युनिस्ट)ले अहिले मुलुकमा निर्वाचन जितको छ त्यो शक्ति अनुदार र निरंकुश बन्दै गएको छ ।’

कांग्रेसका नेता थापाले संसारभरिका कम्युनिस्ट शासकहरु अनुदार बनेको बताए । ‘कम्युनिस्टहरुले संसारभरि लोकतान्त्रिक पद्धतिलाई मान्दैनन्’, उनले भने, ‘बहुमतबाट आउँदेमा कम्युनिस्टहरु असल हुँदैनन् । उनीहरु उदार लोकतन्त्रका लागि विश्वासिला हुँदैनन् ।’

कांग्रेसका युवा नेता थापाले लोकतन्त्रलाई बनाउने भनेको नेपाली कांग्रेसले मात्रै भएको बताए । ‘लोकतन्त्र बचाउन अरु कोही पनि आउँदैनन्’, उनले भने, ‘कांग्रेस एक्लो अवस्थामा छ । लोकतन्त्र बचाउने लडाइँ एक्लै लड्नुपर्ने छ । जनताको ताकत चाहिन्छ । संगठन चाहिन्छ । हामीसँग शीलत निवास र सिंहदरबारको ताकत छैन । झन् बढी गाउँमा जानुपर्ने अवस्था आएको छ । जति सक्यो तल्लो तहमा जनतासंग जोड्नुपर्ने अवस्था आएको छ ।’

कम्युनिस्टहरुको निरंकुशालाई परास्त गर्न गाउँगाउँबाट जनताको साथ लिनुपर्ने थापाले बताए ।

Published : Wednesday, 2019 March 13, 11:31 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया